आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

कमिसन प्रेरित कार्यक्रम बजेटमा धेरै देखिए: राजेन्द्र लिङ्देन

बुधबार, जेठ १८ २०७९
कमिसन प्रेरित कार्यक्रम बजेटमा धेरै देखिए: राजेन्द्र लिङ्देन

विकास, समृद्धि तथा सुशासन भन्दा पनि आफ्नै खल्ती भर्नका लागि बजेट आएको उनको भनाइ छ। 

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले सकरारले ल्याएको बजेटमा कमिसनका लागि तयार पारिएका कर्यक्रम धेरै रहेको बताएका छन्। 

छ महिनापछिको चुनावमा कार्यकर्तालाई ललिपप दिनका लागि वितरणमुखी कार्यक्रम ल्याएको सरकारले आफै कमिसन कुम्ल्याउने दाउमा कयौं कार्यक्रम समावेश गरेको बताएका छन्। 

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद लिङ्देनले सरकारले जग्गाको हदबन्दी खुकुलो पार्ने, हदबन्दी बढीको जग्गा धितो राखेर ऋण दिने र र टाट उल्टेमा जग्गा बिक्री गर्न दिने नीतिले निश्चित व्यापारी पोस्ने र त्यसबाट राजनीतिक नेताले ठूलो रकम कुम्ल्याउने सेटिङबाट आएको उनको आरोप छ। 

‘जग्गाको मात्र कुरा छैन। यहाँ त कस्तोसम्म भने इन्डक्सन चुलो बाँड्ने भनिएको छ। तर त्यो त गरिबलाई बाँड्ने होला। उनीहरुका बिजुलीको पूर्वाधार तयार छ? छैन। अनि त्यस्तो चुलोमा खाना पकाउने भाँडा उनीहरुसँग हुन्छ? त्यो पनि छैन। भनेपछि यो केका लागि खरिद गरेर कमिसन खानका लागि होइन?’ उनले प्रश्न गरेका छन्। 

विकास, समृद्धि तथा सुशासन भन्दा पनि आफ्नै खल्ती भर्नका लागि बजेट आएको उनको भनाइ छ।


प्रकाशित : बुधबार, जेठ १८ २०७९०७:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend