आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

यार्सा संकलन गर्न भीड

बुधबार, जेठ १८ २०७९
यार्सा संकलन गर्न भीड
फाइल तस्बिर।

१८ वर्षभन्दा माथि ५० वर्षमुनिका सबै स्थानीयवासी यार्सागुम्बा संकलन गर्न गएका छन्।

खदाङ- यार्सा संकलनका लागि जुम्लाको पाटन क्षेत्रमा  भीडभाड हुन थालेको छ। जिल्लामा आर्थिक स्रोतको रुपमा यार्सागुम्बा संकलनलाई लिइने गरिन्छ। यार्सा संकलनका लागि पाटनतिर लागेका कारण जिल्लाका अधिकांश ग्रामीण बस्ती सुनसान बनेको जनाइएको छ।

गाउँघरबाट पाटन जानेको लर्को लागेको गुठीचौर गाउँपालिकाका स्थानीय व्यापारी दीपक बोहोराले जानकारी दिए। यार्सागुम्बा संकलनको लागि तातोपानी, गुठीचौर, तिला, पातारासी, हिमा गाउँपालिकालगायत ग्रामीण क्षेत्रका सर्वसाधारण पाटनतर्फ गएका छन्। आर्थिक स्रोत जुटाउन यार्सा टिप्न पाटनतिर लागेको पातारासी गाउँपालिकाका स्थानीयवासी मुनबहादुर ऐडीले बताए। 

१८ वर्षभन्दा माथि ५० वर्षमुनिका सबै स्थानीयवासी यार्सागुम्बा संकलन गर्न गएका छन्। खेतीपातीबाट घरखर्च लगाउन पनि गह्रो हुने भएकोले स्थानीयवासीको मुख्य जीविकोपाजर्नको स्रोतनै जडीबुटी हो। घरखर्चदेखि बालबच्चाको पढाइखर्च सबै यार्सा संकलनबाट हुने गरेको स्थानीयवासीले जनाएका छन्। 

पाटनमा यार्सा संकलन निकै कठिन हुने गरेको छ। संघीय सरकार, प्रदेशसरकारदेखी स्थानीय सरकारले गाउँमै आत्मनिर्भरका कार्यक्रम ल्याउन नसक्दा यो समस्या खडा भएको तिला गाउँपालिका स्थानीयवासी काली नेपालीले बताए। रासस


प्रकाशित : बुधबार, जेठ १८ २०७९०७:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend