आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

बजेटमा गरिएको नीतिगत व्यवस्था प्रति वनस्पति घ्यूतेल उत्पादक संघको विरोध

बुधबार, जेठ १८ २०७९
बजेटमा गरिएको नीतिगत व्यवस्था प्रति वनस्पति घ्यूतेल उत्पादक संघको विरोध

साथै सरकारको स्थानीय उद्योगलाई बढावा दिने र तयारी वस्तुभन्दा कच्चा पदार्थको भन्सार १ तह कम हुने नीतिमा विरोधाभाष रहेको संघले जनाएको छ। 

काठमाडौं- कम मूल्यमा खाने तेल आयात गर्न दिने सरकारी नीति विवेकपूर्ण नरहेको भन्दै वनस्पति घ्यूतेल उत्पादक संघले विरोध गरेको छ।

आगामी आर्थिक वर्षको बजेटबाट खाने तेलको महशुल दर कम गर्नु पर्ने अवस्थमा उद्योगहरुलाई कम महशुल दरमा तयारी वस्तु आयात गर्न दिने नीति व्यवहारिक र विवेकपूर्ण नरहेको संघले जनाएको छ। 

कच्चा पदार्थभन्दा बढी मूल्यमा तयारी माल सामान आयात हुन्छ जसमा वहुमूल्य विदेशी मुद्रा बढी मात्रामा विदेश जाने संघले जनाएको छ।

कच्चा पदार्थमा तिर्दै आएको १०% भंसार महशुलभन्दा तयारी सामानमा ५% महशुल कायम गर्दा सरकारको राजस्वमा गम्भिर असर पर्न जाने संघको ठहर छ।

साथै सरकारको स्थानीय उद्योगलाई बढावा दिने र तयारी वस्तुभन्दा कच्चा पदार्थको भन्सार १ तह कम हुने
नीतिमा विरोधाभाष रहेको संघले जनाएको छ। 


प्रकाशित : बुधबार, जेठ १८ २०७९०६:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend