सोमबार, असोज ७ गते २०८१    
images
images

बजेटमा गरिएको नीतिगत व्यवस्था प्रति वनस्पति घ्यूतेल उत्पादक संघको विरोध

images
बुधबार, जेठ १८ २०७९
images
images
बजेटमा गरिएको नीतिगत व्यवस्था प्रति वनस्पति घ्यूतेल उत्पादक संघको विरोध

साथै सरकारको स्थानीय उद्योगलाई बढावा दिने र तयारी वस्तुभन्दा कच्चा पदार्थको भन्सार १ तह कम हुने नीतिमा विरोधाभाष रहेको संघले जनाएको छ। 

images
images

काठमाडौं- कम मूल्यमा खाने तेल आयात गर्न दिने सरकारी नीति विवेकपूर्ण नरहेको भन्दै वनस्पति घ्यूतेल उत्पादक संघले विरोध गरेको छ।

images
images
images

आगामी आर्थिक वर्षको बजेटबाट खाने तेलको महशुल दर कम गर्नु पर्ने अवस्थमा उद्योगहरुलाई कम महशुल दरमा तयारी वस्तु आयात गर्न दिने नीति व्यवहारिक र विवेकपूर्ण नरहेको संघले जनाएको छ। 

कच्चा पदार्थभन्दा बढी मूल्यमा तयारी माल सामान आयात हुन्छ जसमा वहुमूल्य विदेशी मुद्रा बढी मात्रामा विदेश जाने संघले जनाएको छ।

कच्चा पदार्थमा तिर्दै आएको १०% भंसार महशुलभन्दा तयारी सामानमा ५% महशुल कायम गर्दा सरकारको राजस्वमा गम्भिर असर पर्न जाने संघको ठहर छ।

images

साथै सरकारको स्थानीय उद्योगलाई बढावा दिने र तयारी वस्तुभन्दा कच्चा पदार्थको भन्सार १ तह कम हुने
नीतिमा विरोधाभाष रहेको संघले जनाएको छ। 


प्रकाशित : बुधबार, जेठ १८ २०७९०६:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend