आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

त्रिभुवन विमानस्थलका प्रमुखलाई बर्खास्त गर्न माग गर्दै अख्तियारमा उजुरी

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज ८ २०७८
त्रिभुवन विमानस्थलका प्रमुखलाई बर्खास्त गर्न माग गर्दै अख्तियारमा उजुरी

कर्मचारीहरुले प्राधिकरणमा सेवा सुरु गरेदेखि विभिन्न विभाग तथा कार्यलयमा बस्दा लाखौ रुपैयाँ हिनामिना गरेको भन्दै छानविन गरी कारबाही गराउन माग गर्दै शुक्रबार अख्तियारमा उजुरी दिएका हुन्।

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रवन्धक प्रताप बाबु तिवारीविरुद्ध नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीहरुले आर्थिक अपचलन गरेको भन्दै  अख्तिार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्।

केही दिन अगाडि मात्रै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले राजिनामा दिएपछि तिवारी पनि महानिर्देशकको दौडमा रहेका छन्। उजुरीमा तिवारीलाई छानिविन गरी बर्खास्त गर्न समेत माग गरिएको छ। 

कर्मचारीहरुले प्राधिकरणमा सेवा सुरु गरेदेखि विभिन्न विभाग तथा कार्यलयमा बस्दा लाखौ रुपैयाँ हिनामिना गरेको भन्दै छानविन गरी कारबाही गराउन माग गर्दै शुक्रबार अख्तियारमा उजुरी दिएका हुन्। 

शुक्रबार दर्ता गरिएको उजुरी नम्बर सि–०१००४७ रहेको छ। उजुर पत्रमा विभिन्न क्षेत्रमा बस्दा आर्थिक लाभ लिएर पदको दुरुपयोग गरेको आरोप लगाउँदै उजुरी दिइएको हो। उजुरीमा तिवारी समेत नेपाल नागरिक उड्डयन प्राधिकरणको

महानिर्देशक पदको दौडमा रहेको उल्लेख गर्दै उनलाई महानिर्देश नबनाउन र अविलभ्व कारबाहीको दायरामा ल्याउन समेत माग गरिएको छ। उजुरीमा लुक्ला विमानस्थल, पोखरा, नेपालगन्ज विमानस्थल प्रमुख हुदाँ समेत विभिन्न शिर्षकमा आर्थिक लाभ लिएको भन्दै कारबाहीको माग गरिएको छ।  

यस्तो छ उजुरीपत्र 

१.jpg

२.jpg


प्रकाशित : शुक्रबार, असोज ८ २०७८०८:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend