आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

वृद्धभत्ता ५८ वर्षमै दिएपनि जनताले दिने जस एमालेले नै पाउँछ : पाण्डे

बुधबार, जेठ १८ २०७९
वृद्धभत्ता ५८ वर्षमै दिएपनि जनताले दिने जस एमालेले नै पाउँछ : पाण्डे

‘एमालेको दावी जनयुद्धलाई पुग्दैन माओवादीलाई जान्छ, त्यस्तै मेलमिलापको दावी कांग्रेसले मात्रै गर्न मिल्छ भनेजस्तै वृद्धभत्ताको दावी एमालेकै हो,’ पाण्डेले भने।

काठमाडाैं- पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपाली काँग्रेस र अहिलेको सत्तागठबन्धले वृद्धाभत्ता ६८ मात्रै नभएर ५८ मै झारे पनि एमालेकै कार्यक्रम भएकाले जस लिन नखोज्न आग्रह गरेका छन्। पाण्डेले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको छलफलमा भाग लिँदै वृद्धभत्ता सत्तापक्षले जतिसुकै प्रचार गरे पनि एमालेमै जस जाने समेत दावी गरेका छन्। 

‘एमालेको दावी जनयुद्धलाई पुग्दैन माओवादीलाई जान्छ, त्यस्तै मेलमिलापको दावी कांग्रेसले मात्रै गर्न मिल्छ भनेजस्तै वृद्धभत्ताको दावी एमालेकै हो,’ पाण्डेले भने।

एमाले नेतासमेत रहेका पाण्डेले कांग्रेसले घोषणपत्रमै ५ हजार पुर्‍याउछुँ भनेको बताउँदै त्यसतर्फ नलागेर ६८ मा झर्नु हास्यस्पद भएको बताए। उनले सरकारी कर्मचारीको तलब १५ प्रतिशत बढाउँदा न्युन आएभएका नेपाली महँगीको मारमा परेको समेत बताए। 

प्रकाशित : बुधबार, जेठ १८ २०७९०५:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend