काठमाडौं- बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँ घटेको छ। मंगलबार नेपाली बाजरमा छापावाल सुन प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो। बुधबारका लागि छापावाल सुन प्रतितोला ८ सय रुपैयाँ घटेर ९७ हजार २ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँ घटेको छ। बुधबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय ५० रुपैयाँ तोकिएको छ। मंगलबार चाँदी प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।