आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

इनरुट मौसमको समन्वयमा अभाव भएपछि पर्वतीय उडान रोकियो

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, जेठ १८ २०७९
इनरुट मौसमको समन्वयमा अभाव भएपछि पर्वतीय उडान रोकियो

उडान हुने गन्तव्यहरुको मौसम सफा भएपनि नागरिक उड्डयन प्राधिकरणको मंगलबारको विज्ञप्तिको अन्योललले इनरुटको मौसम कसले दिने भन्ने भएपछि कुनै पनि उडान नभएको हो।  

काठमाडौं (जेठ, १८)- काठमाडौंबाट स्टल सेक्टरमा उडान हुने जहाजहरु आज कुनै पनि गन्तव्यमा उडेका छैनन्।

उडान हुने गन्तव्यहरुको मौसम सफा भएपनि नागरिक उड्डयन प्राधिकरणको मंगलबारको विज्ञप्तिको अन्योललले इनरुटको मौसम कसले दिने भन्ने भएपछि कुनै पनि उडान नभएको हो।  

यस सम्बन्धमा कन्ट्रोल टावर मौसम विभागलाई देखाएपछि एयलाइन्सहरुलाई मौसमको आधिकारिक जानकारी लिन समस्या भएको छ। बुधबार भएको पर्वतिय उडानका पाईलट तथा अन्य नन-स्टलका पाइलटले इनरुटको मौसम राम्रो रहेको जानकारी दिएपनि उडानको अन्यौलता कायम छ।

सम्बन्धित निकाएको समन्वय बिना भएका यस्ता हचुवा निर्णयले यात्रुहरूले सास्ती बेहोर्नु परेको  एयरलाइन्सहरुले जनाएका छन्।

प्रकाशित : बुधबार, जेठ १८ २०७९०२:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend