आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

'मन्त्रीको सम्पत्ति विवरण किन सार्वजनिक भएन?' 

मंगलबार, जेठ १७ २०७९
'मन्त्रीको सम्पत्ति विवरण किन सार्वजनिक भएन?' 

प्रतिनिधिसभाको वैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद तामाङले बजेटमा खुब सुशासनको गफ गरेको सरकारले मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक नगरेर व्यांग्य गरेको बताएका छन्। 

काठमाडौं- नेकपा एमालेका नेता तथा सांसद शेरबहादुर तामाङले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक नगर्नुको कारण मागेका छन्। 

प्रतिनिधिसभाको वैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद तामाङले बजेटमा खुब सुशासनको गफ गरेको सरकारले मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक नगरेर व्यांग्य गरेको बताएका छन्। 

'बजेटमा खुब सुशासनकव गफ गरिएको छ। बजेटमै नलेखिएपनि पटकपटक अर्थमन्त्रीले सुशासन शब्दको उच्चरण गर्नुभएको छ। तर यत्रो गफ गर्ने सरकारले मन्त्रीको सम्पत्ति विवरण किन सार्वजनिक गरेन' उनले भने।

नेपाली कांग्रेसका समभापति शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको गठबन्धन सरकारका मन्त्रिहरुको सम्पत्ति विवरण अझैसम्म सार्वजनिक भएको छैन। 

मन्त्रिपरिषदमा विवरण बुझाएपनि अहिलेसम्म सार्वजनिक नगरिएकोमा प्रश्न उठ्दै आएको छ। यद्यपि अझैसम्म सार्वजनिक गरिएको छैन। 

प्रकाशित : मंगलबार, जेठ १७ २०७९०८:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend