आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

लगानीमा स्रोत नखोज्ने व्यवस्था खारेज 

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ १७ २०७९
लगानीमा स्रोत नखोज्ने व्यवस्था खारेज 

आयकर ऐनको १०९, ११ ग मा रहेको उक्त व्यवस्था खारेज गरिएको छ। 

काठमाडौं- चालु वर्षको प्रतिस्थापन आर्थिक ऐनबाट राष्ट्रिय महत्वका पूर्वाधारमा लगानी गर्नेका लागि लगानीमा स्रोत नखोज्ने व्यवस्था खारेज भएको छ। 

अर्थमन्त्री जनार्दन शर्माले चालु वर्षको ऐनबाट  राष्ट्रिय महत्वका जलविद्युत आयोजना, अन्तर्राष्ट्रिय विमानस्थल, भूमिगतमार्ग तथा सडकमार्ग, रेलमार्ग जस्ता पूर्वाधार विकास आयोजना, सिमेन्ट उद्योग, स्टिल उद्योग, कृषिमा आधारित उद्योग, पर्यटन सेवासँग सम्बन्धित उद्योग तथा तीन सयभन्दा बढी नेपाली नागरिकलाई रोजगारी दिने र पचास प्रतिशतभन्दा बढी स्वदेशी कच्चा पदार्थ उपयोग गर्ने उत्पादनशील उद्योग (चुरोट, बिँडी, सिगार, खाने सुर्ती, खैनी, गुट्का, पान मसला, मदिरा र बियर  उद्योग बाहेक) मा सवंत् २०८० साल चैत मसान्तसम्म गरेको लगानीको आयस्रोत खोजिने छैन  भन्ने व्यवस्था गरेका थिए। 

आयकर ऐनको १०९, ११ ग मा रहेको उक्त व्यवस्था खारेज गरिएको छ। 


प्रकाशित : मंगलबार, जेठ १७ २०७९०८:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend