आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

अर्थमन्त्रीलाई योगेश भट्टराईको प्रश्न : ‍बिजुली कारमा कर बढाएर कसरी प्रबर्द्धन हुन्छ? 

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ १७ २०७९
अर्थमन्त्रीलाई योगेश भट्टराईको प्रश्न : ‍बिजुली कारमा कर बढाएर कसरी प्रबर्द्धन हुन्छ? 

पेट्रोलियम पदार्थको खपत घटाउन भन्ने तर अर्कोतिर बिजुलीबाट चल्ने कारमा कर बढाएर सरकार उल्टो बाटो हिडेको उनको भनाइ छ। 

काठमाडौं- नेकपा एमालेका नेता तथा सांसद योगेश भट्टराईले बजेटमा बिजुलीको उपयोग बढाउने भनेर सरकारले विद्युतीय कारमा कर बढाएर उल्टो बाटो हिँडेको बताएका छन्। 

प्रतिनिधिभामा बजेटमाथिको छलफलमा भाग लिँदै भट्टराईले अघिल्लो वर्षको तुलनामा बिजुलीबाट चल्ने कारको भन्सार बढाइएको र यसले खपत नबढ्ने बताएका छन्। 

'अघिल्लो वर्षको तुलनामा बिजुली कारलाई महंगो बनाइएको छ। यसबाट कसरी विजुलीको खपत बढ्र?' उनले अर्थमन्त्रीलाई प्रश्न गरे। 

पेट्रोलियम पदार्थको खपत घटाउन भन्ने तर अर्कोतिर बिजुलीबाट चल्ने कारमा कर बढाएर सरकार उल्टो बाटो हिडेको उनको भनाइ छ। 

'विद्युतीय कारमा जुन भन्सार बढेको छ। के यसले विद्युत खपत हुने सवारी साधनको बढ्दै जाने पेट्रोलियम पदार्थको खपत घट्दै जाने हुन्छ?

२ हजार वटा विद्युतीय गाडी नेपाल आउँछ भन्ने ठान्ने हो भने उनीहरुले ११ करोड रुपैयाँ विद्युत प्राधिकरणलाई बुझाउँछन् । ९ हजार गाडी पेट्रोलियम वाला गाडी आएमा २ अर्ब रुपैयाँ  आयल निगमलाई बुझाउँछन् तर त्यो पैसा विदेश जान्छ?' उनले भने। 


प्रकाशित : मंगलबार, जेठ १७ २०७९०७:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend