आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

बजेटबारे मिनेन्द्र रिजाल भन्छन् - ठूलो लक्ष्य होइन, आर्थिक वृद्धि सम्भव छ

मंगलबार, जेठ १७ २०७९
बजेटबारे मिनेन्द्र रिजाल भन्छन् - ठूलो लक्ष्य होइन, आर्थिक वृद्धि सम्भव छ

कर छुट तथा अनुदान सही तवरबाट नै आएको बताउँदै उनले मूल्यवृद्धि पनि ७ प्रतिशतभन्दा बढी नजाने बताए। 

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमाथि भइरहेको सैद्धान्तिक छलफलमा कांग्रेस सांसद मिनेन्द्र रिजालले सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सम्भव रहेको र बजेट जस्तो आउनुपर्ने हो त्यस्तै आएको बताएका छन्।

'बजेटको मूल दिशा ठीक छ। जस्तो आउनुपर्ने हो त्यस्तै आएको छ। आर्थिक वृद्धि सम्‍भव छ, त्यति ठूलो टार्गेट छैन' उनले भने। 

सरकारले ८ प्रतिशतको आर्थिक वृद्धि र ७ प्रतिशतमा मूल्यवृद्धि सीमित राख्ने लक्ष्य लिएको छ। सरकारले आइतबार आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्बको बजेट ल्याएको हो। 

कर उठाउने क्षमता वृद्धि बढेका कारण राजस्वको लक्ष्य सम्भव भएको भन्दै उनी भन्छन्- 'व्यापार घाटा बढ्ने र डलर सञ्चिति घट्न थालेको पहिले नै हो। कोभिडपछि आयात बढ्नु स्वभाविक हो। यो केही महिनाभित्र करेक्सन हुन्छ।'

कर छुट तथा अनुदान सही तवरबाट नै आएको बताउँदै उनले मूल्यवृद्धि पनि ७ प्रतिशतभन्दा बढी नजाने बताए। 

 


प्रकाशित : मंगलबार, जेठ १७ २०७९०६:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend