आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

साझा यातायातले साइटसिनका लागि विद्युतीय बस खरिद गर्दै 

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज ८ २०७८
साझा यातायातले साइटसिनका लागि विद्युतीय बस खरिद गर्दै 

ब्याट्रीबाट चल्ने चारवटा  विद्युतीय बस खरिदका लागि साझाले टेन्डर निकालेको छ। स्वदेशी व्यवसयीहरुमाझ प्रतिस्पर्धा गराएर बस खरिद गर्ने साझाले जानकारी गराएको छ। 

काठमाडौं- साझा यातायात सहकारीले साइटसिन बस खरिद गर्ने भएको छ। ललितपुर महानगरपालिकासँगको सहकार्यमा साझाले यस्ता बस खरिद गर्न लागेको हो। 

साझाले सहरी दृष्यावलोकनका लागि भन्दै चारवटा बस खरिद गर्न लागेको छ। 

ब्याट्रीबाट चल्ने चारवटा  विद्युतीय बस खरिदका लागि साझाले टेन्डर निकालेको छ। स्वदेशी व्यवसयीहरुमाझ प्रतिस्पर्धा गराएर बस खरिद गर्ने साझाले जानकारी गराएको छ। 

ललितपुर महानगरपालिकाले यसअघि पाटन दरबार क्षेत्र लगायतका सहरी ठाउँमा पर्यटकलाई अवलोकनका लागि विद्युतीय बस सञ्चालन गर्ने घोषणा गरेको थियो। 

अघिल्लो वर्षको बजेटमै घोषणा भएको यो कार्यक्रम सञ्चालनका लागि महानगरले साझासँग सहकार्य गरेको छ। 

ललितपुर महानगरले सार्वजनिक यातायातका लागि बस खरिदका लागि यसअघि नै साझासँग सहकार्य सुरु गरिसकेको छ।  

प्रकाशित : शुक्रबार, असोज ८ २०७८०३:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend