आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

गोरखाका ११ स्थानीय तहलाई ४ अर्ब ५५ करोड, कुनलाई कति?

सोमबार, जेठ १६ २०७९
गोरखाका ११ स्थानीय तहलाई ४ अर्ब ५५ करोड, कुनलाई कति?

गोरखा नगरपालिकालाई ६३ करोड ६ लाख तथा पालुङटार नगरपालिकालाई ५७ करोड ६७ लाख रुपैयाँ छुट्याइएको छ

काठमाडौं- गोरखा जिल्लाका ११ स्थानीय तहका लागि केन्द्र सरकारले ४ अर्ब ५५ करोड ६ लाख रुपैयाँ पठाएको छ। जसमा सबैभन्दा धेरै गोरखा नगरपालिकालाई ६३ करोड ६ लाख तथा पालुङटार नगरपालिकालाई ५७ करोड ६७ लाख रुपैयाँ छुट्याइएको छ।

त्यस्तै ९ गाउँपालिकालाई ३ अर्ब ३४ करोड ३३ लाख रुपैयाँ पठाएको छ। जसमा अजिरकोटलाई ३० करोड २४ लाख, आरुघाटको लागि ४० करोड ४८ लाख, गण्डकीको लागि ४५ करोड रुपैयाँ केन्द्रबाट समपुरक बजेट छुट्याइएको छ।

चुमनव्री गाउँपालिकालाई सबैभन्दा कम १९ करोड ८२ करोड विनियोजन गरेको छ। त्यस्तै धार्चे गाउँपालिकालाई २७ करोढ ७४ लाख, भिमसेन थापाका लागि ३९ करोड १५ लाख रुपैयाँ विनियोजन गरिएको छ।त्यस्तै सिरानचोकलाई ४५ करोड ८७ लाख र बारपाक गाँउपालिकालाई ४० करोड ३० लाख रुपैयाँ छुट्याइएको छ। 


प्रकाशित : सोमबार, जेठ १६ २०७९१२:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend