काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०७९/०८०को बजेट मार्फत धादिङको १३ वटा स्थानीय तहलाई विभिन्न अनुदान शीर्षकमा ४ अर्ब ८२ करोड ८८ लाख रुपैयाँ बजेट पठाएको छ।
केन्द्र सरकारले समानिकरण अनुदान शीर्षकमा १ अर्ब ९४ करोड ८८ लाख, सर्शत अनुदान शीर्षकमा २ अर्ब ६२ करोड २६ लाख, विशेष अनुदान शीर्षकमा ११ करोड ९४ लाख र समपुरक अनुदान शीर्षकमा १३ करोड ८० लाख रुपैयाँ पठाएको हो।
कुन स्थानीय तहमा कति?
धुनवेसी नगरपालिका– ३९ करोड ८२ लाख रुपैयाँ
निलकण्ठ नगरपालिका – ७० करोड ७८ लाख रुपैयाँ
खनियावास गाउँपालिका – २२ करोड ४९ लाख रुपैयाँ
गंगाजमुना गाउँपालिका – ३६ करोड ९७ लाख रुपैयाँ
गजुरी गाउँपालिका – ३४ करोड ८ लाख रुपैयाँ
ज्वालामुखी गाउँपालिका – ३६ करोड १५ लाख रुपैैयाँ
त्रिपुरासुन्दरी गाउँपालिका – ३९ करोड ४२ लाख रुपैयाँ
थाक्रे गाउँपालिका – ४१ करोड ९६ लाख रुपैयाँ
नेत्रावती डबजोंग गाउँपालिका – २४ करोड ८१ लाख रुपैयाँ
रुवी भ्याली गाउँपालिका –१८ करोड ४८ लाख रुपैयाँ
बेनीघाट रोराङ गाउँपालिका – ४५ करोड ९९ लाख रुपैयाँ
सिद्धलेक गाउँपालिका –३५ करोड ५७ लाख रुपैयाँ