आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

बालेनले लाइभ गरे महानगर बैठक, रेष्टुरेन्टमा नि:शुल्क शौचालयदेखि गुनासोका लागि कल सेन्टर

सोमबार, जेठ १६ २०७९
बालेनले लाइभ गरे महानगर बैठक, रेष्टुरेन्टमा नि:शुल्क शौचालयदेखि गुनासोका लागि कल सेन्टर

साथै उनले महानगरबासिन्दाको गुनासो सुन्नका लागि कल सेन्टर सुरु गर्ने पनि बताए। 

काठमाडौं- काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) ले पहिलो नगर कार्यपालिका बैठक लाइभ गरेका छन्।

पहिलो बैठकमा महानगरबासिन्दालाई धन्यबाद दिँदै मेयर बालेनले फोहोर व्यवस्थापनमा आफूहरू केन्द्रित हुने बताए।

साथै महानगरपालिकाभित्रका रेष्टुरेन्टहरूसँग आफूले नि:शुल्क शौचालय उपलब्ध गराउनेबारे कुराकानी गरेको र छिटै कार्यान्वयनमा जाने बताए।

यस्तै उनले महानगरबासिन्दाको गुनासो सुन्नका लागि कल सेन्टर सुरु गर्ने पनि बताए। 

सोमबार नै मेयर बालेनले पद तथा गोपनीयताको शपथ ग्रहण नेपाली भाषा र नेपाल भाषामा गरेका थिए। सोमबार बिहान राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले बाल‍ेनलाई शपथ ग्रहण गराएका हुन्।

नेपाली भाषामा शपथ ग्रहण गरिसकेपछि उनले नेपाल भाषामा पनि शपथको व्यहोरा वाचन गरेका थिए। मेयर साह शपथ ग्रहण समारोहमा दौरा सुरुवाल र भादगाउँले टोपी लगाएर सहभागी भएका थिए। बालेनले शपथ ग्रहण गरेपछि उनले उपमेयर सुनिता डंगोललाई शपथ ग्रहण गराएका थिए। सुनिताले नेपाल भाषामा शपथ ग्रहण गरिन्। मेयर बालेनले वडाअध्यक्ष र सदस्यहरूलाई शपथ खुवाएका थिए। त्यसपछि बैठक बसिरहेको हो। 

हेर्नुहोस् बैठकको भिडियो-


प्रकाशित : सोमबार, जेठ १६ २०७९११:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend