आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

सवारी लाइसेन्सका लागि दिइएका सबै अनलाइन आवेदन रद्द, आजैबाट नयाँ फारम भर्न सकिने

सोमबार, जेठ १६ २०७९
सवारी लाइसेन्सका लागि दिइएका सबै अनलाइन आवेदन रद्द, आजैबाट नयाँ फारम भर्न सकिने

नयाँ लाइसेन्सका लागि सोमबार साँझ ६ बजेदेखि आवेदन खुला हुनेछ भने वर्ग थपका लागि अर्को साताको सोबारबाट आवेदन खुला हुने विभागले जनाएको छ।

काठमाडौं- यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रका लागि यसअघि लिइएका सबै अनलाइन आवेदन रद्द गरेको छ।

नयाँ प्रणाली सुरु गरेर त्यसमार्फत आवेदन लिने व्यवस्था मिलाउन भन्दै विभागले नयाँ तथा वर्ग थपका लागि हालसम्म लिएका सबै अनलाइन आवेदनहरू रद्द गरेको जनाएको छ। 

विभागका अनुसार अब नयाँ फर्म्याटमा आवेदन भर्नुपर्नेछ। नयाँ लाइसेन्सका लागि सोमबार साँझ ६ बजेदेखि आवेदन खुला हुनेछ भने वर्ग थपका लागि अर्को साताको सोबारबाट आवेदन खुला हुने विभागले जनाएको छ।

Yatayat lisence.jpg


प्रकाशित : सोमबार, जेठ १६ २०७९०७:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend