आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

बालेनले नेपाली र नेपाल भाषामा लिए मेयरको सपथ

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ १६ २०७९
बालेनले नेपाली र नेपाल भाषामा लिए मेयरको सपथ

मेयर बालेन र उपमेयर सुनिताले आजै काठमाडौं महानगरमा पदभार सम्हाल्नेछन्। 

काठमाडौं- काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) ले पद तथा गोपनीयताको शपथ ग्रहण नेपाली भाषा र नेपाल भाषामा गरेका छन्।

सोमबार बिहान राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले बाल‍ेनलाई शपथ ग्रहण गराएका हुन्।

नेपाली भाषामा शपथ ग्रहण गरिसकेपछि उनले नेपाल भाषामा पनि शपथको व्यहोरा वाचन गरेका थिए । मेयर साह शपथ ग्रहण समारोहमा दौरा सुरुवाल र भादगाउँले टोपी लगाएर सहभागी भएका थिए ।

बालेनले शपथ ग्रहण गरेपछि उनले उपमेयर सुनिता डंगोललाई शपथ ग्रहण गराएका छन्। सुनिताले नेपाल भाषामा शपथ ग्रहण गरिन्। मेयर बालेनले वडाअध्यक्ष र सदस्यहरूलाई शपथ खुवाएका छन्। 

मेयर बालेन र उपमेयर सुनिताले आजै काठमाडौं महानगरमा पदभार सम्हाल्नेछन्। 


प्रकाशित : सोमबार, जेठ १६ २०७९०६:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend