आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

सुन तथा चाँदीको मूल्यमा समान्य वृद्धि

सोमबार, जेठ १६ २०७९
सुन तथा चाँदीको मूल्यमा समान्य वृद्धि

सोमबारका लागि छापावाल सुनको मूल्य ९८ हजार २ सय रुपैयाँ कायम भएको छ। 

काठमाडौं- सुन तथा चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। आइतबार ९८ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार २ सय रुपैयाँ बढेको हो। सोमबारका लागि छापावाल सुनको मूल्य ९८ हजार २ सय रुपैयाँ कायम भएको छ। 

त्यस्तै चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ बढेको छ। सोमबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय ८५ रुपैयाँ तोकिएको छ। आइतबार चाँदी प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : सोमबार, जेठ १६ २०७९०६:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend