आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

राजीनामा दिएका प्राधिकरणका महानिर्देशक पोखरेलविरुद्ध किर्तेको आरोपमा अख्तियारमा उजुरी

बिहीबार , असोज ७ २०७८
राजीनामा दिएका प्राधिकरणका महानिर्देशक पोखरेलविरुद्ध किर्तेको आरोपमा अख्तियारमा उजुरी

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरण महानिर्देशक राजन पोखरेलले किर्ते गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कर्मचारीहरूले उजुरी दिएका छन्। पोखरेलले पुरानो मिति राखेर कर्मचारीहरूको सरुवा गरेको आरोपमा कर्मचारीहरूले बिहीबार अख्तियार उजुरी गरेका हुन्। 

अन्तर्राष्ट्रिय विमानस्थल सुधार आयोजना अन्तर्गत हवाई क्षमता अभिवृद्धि आयोजनाका कनिस्ट इन्जिनियर दिपेन्द्र श्रेष्ठलाई प्रमुख बनाउनका लागि हतार–हतार सरुवा गरिएपछि कर्मचारीहरूले विरोध गर्दै अख्तियारमा उजुरी दिएका हुन्।

उनले आयोजनाका प्रमुख मुरारी भन्डारीलाई प्रधानकार्यालाय तानेका थिए। आयोजनामा १० अर्बभन्दा बढीको ठेक्का लागेको समयमा ११ औँ तहको भण्डारीलाई तानेर नवौँ तहका श्रेष्ठलाई हाकिम बनाएका थिए। 

मंगलबार मात्रै राजीनामा दिएका पोखरेलले गरेको निर्णयमा आर्थिक लाभ लिएको भन्दै उजुरी परेको हो। पोखरेलले असोज ५ गते निर्णय गराएको भए पनि मिति भने भदौ ३१ को राखेको भन्दै उजुरी परेको छ। उजुरीमा नियम विपरित पोखरेल राजीनामा दिनु अगाडि करिब १५० भन्दा बढी कर्मचारीको सरुवा गरेका छन्।  

भदाै ३१ को मिति राखी राजीनामा दिने अघिल्लो दिन असोज ५ र राजीनामा दिने दिन असोज ६ गते पछाडिको मिति राखेर सरुवा गरेकोसमेत उजुरी परेको छ। पोखरेलले आर्थिक लाभ लिएर हवाई क्षमता अभिवृद्धि योजनाका कनिस्ट इन्जिनियर नौ तहका श्रेष्ठलाई उक्त योजनामा ५/५ अर्बका दुई वटा सिभिल निर्माण र ५० करोडको परामर्शदाताको खरिद सम्झौताको जिम्मा लगाएको उजुरीमा उल्लेख छ।

उजुरीमा  कर्मचारीलाई सरुवा गरि राजीनामा दिई गएको हुँदा बिधि बिज्ञान कार्यालयबाट उक्त हस्ताक्षर प्रमाणित गराई अभिलम्ब पक्राउ गरि कारबाही गर्न भन्दै उजुरी गरिएको हो। 

श्रेष्ठले आफ्नो र श्रीमतीको लगानी रहेको पुमरी कन्सलटेन्सीलाई प्रत्येक परामर्श राख्ने गरेको समेत उजुरीमा उल्लेख गरिएको छ। 


प्रकाशित : बिहीबार , असोज ७ २०७८१५:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend