आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

वार्षिक कति आय हुँदा राज्यलाई कति कर तिर्ने?

आइतबार, जेठ १५ २०७९
वार्षिक कति आय हुँदा राज्यलाई कति कर तिर्ने?

अविवाहितको हकमा अहिले ४ लाख रुपैयाँको सीमा बढाएर ६ लाख बनाइएको छ।

काठमाडौं- सरकारले रोजगारीबाट आय गर्ने आम्दानीमा करको सीमा बढाएको छ। सरकारले आर्थिक ऐन २०७९ मार्फत आयकरको सीमा बढाएको हो।

यसअघि अविवाहितको हकमा ४ लाख वार्षिक आयमा १ प्रतिशत आयकर तिर्नुपर्ने व्यवस्था थियो। अहिले ४ लाख रुपैयाँको सीमा बढाएर ६ लाख बनाइएको हो।

यसैगरी विवाहितको हकमा पहिले वार्षिक ४ लाख ५० हजार रुपैयाँसम्म आयमा १ प्रतिशत आयकर तिर्नुपर्ने थियो। तर अहिले यसको सीमा बढाएर ६ लाख रुपैयाँसम्मको हकमा १ प्रतिशत बनाइएको हो।

अविवाहितले वार्षिक कति कमाउँदा कति कर लाग्ने?

क) ५ लाख रुपैयाँसम्मको १ प्रतिशत 

ख) ५ लाख देखि ७ लाख रुपैयाँसम्म १० प्रतिशत

ग) ७ लाख देखि १० लाख रुपैयाँसम्म २० प्रतिशत 

घ) १० लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्म ३० प्रतिशत 

ङ) २० लाख रुपैयाँ भन्दा माथिको हकमा  घ  बमोजिम लागेको करमा थप २० प्रतिशत

विवाहितको हकमा 

क) ६ लाख रुपैयाँसम्म १ प्रतिशत

ख) ६ लाख देखि ८ लाख रुपैयाँमा १० प्रतिशत 

ग) ८ लाख देखि ११ लाख रुपैयाँसम्मको हकमा २० प्रतिशत

 घ) ११ लाखदेखि २० लाख रुपैयाँसम्मको हकमा ३० प्रतिशत

ङ) २० लाख रुपैयाँभन्दा माथिको हकमा घ  बमोजिम लागेको करमा थप २० प्रतिशत


प्रकाशित : आइतबार, जेठ १५ २०७९१७:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend