सोमबार, असार १६ गते २०८२    
सोमबार, असार १६ २०८२
images
images

वार्षिक कति आय हुँदा राज्यलाई कति कर तिर्ने?

images
आइतबार, जेठ १५ २०७९
images
images
वार्षिक कति आय हुँदा राज्यलाई कति कर तिर्ने?

अविवाहितको हकमा अहिले ४ लाख रुपैयाँको सीमा बढाएर ६ लाख बनाइएको छ।

images
images

काठमाडौं- सरकारले रोजगारीबाट आय गर्ने आम्दानीमा करको सीमा बढाएको छ। सरकारले आर्थिक ऐन २०७९ मार्फत आयकरको सीमा बढाएको हो।

images
images

यसअघि अविवाहितको हकमा ४ लाख वार्षिक आयमा १ प्रतिशत आयकर तिर्नुपर्ने व्यवस्था थियो। अहिले ४ लाख रुपैयाँको सीमा बढाएर ६ लाख बनाइएको हो।

images
images

यसैगरी विवाहितको हकमा पहिले वार्षिक ४ लाख ५० हजार रुपैयाँसम्म आयमा १ प्रतिशत आयकर तिर्नुपर्ने थियो। तर अहिले यसको सीमा बढाएर ६ लाख रुपैयाँसम्मको हकमा १ प्रतिशत बनाइएको हो।

images
images
images

अविवाहितले वार्षिक कति कमाउँदा कति कर लाग्ने?

क) ५ लाख रुपैयाँसम्मको १ प्रतिशत 

ख) ५ लाख देखि ७ लाख रुपैयाँसम्म १० प्रतिशत

ग) ७ लाख देखि १० लाख रुपैयाँसम्म २० प्रतिशत 

घ) १० लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्म ३० प्रतिशत 

ङ) २० लाख रुपैयाँ भन्दा माथिको हकमा  घ  बमोजिम लागेको करमा थप २० प्रतिशत

विवाहितको हकमा 

क) ६ लाख रुपैयाँसम्म १ प्रतिशत

ख) ६ लाख देखि ८ लाख रुपैयाँमा १० प्रतिशत 

ग) ८ लाख देखि ११ लाख रुपैयाँसम्मको हकमा २० प्रतिशत

 घ) ११ लाखदेखि २० लाख रुपैयाँसम्मको हकमा ३० प्रतिशत

ङ) २० लाख रुपैयाँभन्दा माथिको हकमा घ  बमोजिम लागेको करमा थप २० प्रतिशत


प्रकाशित : आइतबार, जेठ १५ २०७९१७:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend