मंगलबार, मंसिर ११ गते २०८१    
images
images

म्यादी प्रहरीलाई सञ्चित सुरक्षा बलको रूपमा उपयोग गरिने

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १५ २०७९
images
images
म्यादी प्रहरीलाई सञ्चित सुरक्षा बलको रूपमा उपयोग गरिने

रुचीको विषयमा तालिम प्रदान गरी कृषि, वनजन्य र अन्य उद्यममा संलग्न हुने अवसर उपलब्ध गराउने

images
images

काठमाडौं- सरकारले म्यादी प्रहरीको रूपमा राष्ट्र सेवामा संलग्न युवालाई लक्षित गरी उद्यमशीलता र स्वरोजगार केन्द्रित कार्यक्रम सञ्चालन गर्ने भएको छ। उनीहरूको रुचीको विषयमा तालिम प्रदान गरी कृषि, वनजन्य र अन्य उद्यममा संलग्न हुने अवसर उपलब्ध गराउने बजेटमा उल्लेख गरिएको छ।

images
images
images

अर्थमन्त्री जनार्दन शर्माले आज सङ्घीय संसद्मा आव २०७९/८० को बजेट प्रस्तुत गर्दै म्यादी प्रहरीलाई सञ्चित सुरक्षा बलको रूपमा उपयोग गर्न आवश्यक व्यवस्था मिलाइने बताए।  

images

सरकारले ‘विजनेस इनक्युवेशन सेन्टर’ मार्फत १० हजार युवालाई उद्यमशीलता तालिम दिने उल्लेख गर्दै उनले स्थानीय तह, बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा ‘विजनेस इनक्युबेशन सेन्टर’ मार्फत १० हजार युवालाई उद्यमशीलता तालिम प्रदान गरिने जानकारी दिए।

images

देशको जनसाङ्ख्यिक लाभको रूपमा रहेका युवाका उत्पादनशील क्षमता उपयोग गर्न युवा तथा साना व्यावसायिक स्वरोजगार कोषमार्फत थप १२ हजार युवालाई स्वरोजगार बनाउने गरी कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख गरिएको छ।

बजेटमा युवालाई उत्पादनमूलक उद्यममा आकर्षण गर्न तालिम तथा शैक्षिक प्रमाणपत्रका आधारमा युवा स्टार्ट अप कार्यक्रमअन्तर्गत उद्यम प्रस्तावको धितोमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने व्यवस्था मिलाएको मन्त्री शर्माले जानकारी दिए। रासस 


प्रकाशित : आइतबार, जेठ १५ २०७९१६:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend