सोमबार, असोज ७ गते २०८१    
images
images

घरजग्गा कारोबारमा कडाइ, पुँजीगत लाभकर र आयकर दुवै बढाइयो

images
आइतबार, जेठ १५ २०७९
images
images
घरजग्गा कारोबारमा कडाइ, पुँजीगत लाभकर र आयकर दुवै बढाइयो

सरकारले घरजग्गा कारोबारको पुँजीगत लाभकर बढाएको छ। सरकारले घरजग्गा कारोबारमा लगाम लगाउनका लागि पुँजीगत लाभकर वृद्धि गरेको हो। 

images
images

काठमाडौं- सरकारले घरजग्गा कारोबारको पुँजीगत लाभकर बढाएको छ। सरकारले घरजग्गा कारोबारमा लगाम लगाउनका लागि पुँजीगत लाभकर वृद्धि गरेको हो। 

images
images
images

बजेट मार्फत ५ वर्षभन्दा कम अवधि स्वामित्व भएको घर जग्गा बिक्री गर्दा ७ प्रतिशत पुँजीगत लाभकर तिर्नु पर्नेछ। विगतमा ५ वर्षभन्दा कम स्वामित्व भएको सम्पत्ती बिक्री गर्दा ५ प्रतिशत पुँजीगत लाभकर लाग्दै आएको थियो। 

बजेटमा ५ वर्षभन्दा बढी स्वामित्व भएको घर जग्गा बिक्री गर्दा अब ५ प्रतिशत आयकर लाग्ने भएको छ। विगतमा ५ वर्षभन्दा बढी स्वामित्व भएको घरजग्गा खरिद बिक्री गर्दा २.५ प्रतिशत पुँजीगत लाभकर लाग्दै आएको थियो।

विशिष्टिकृत संस्थाबाट मात्र घरजग्गा काराबोर गर्नुपर्ने छ। सरकारले बजेट मार्फत पहिलो चरणमा महानगर, उपमहानगर र नगरपालिकामा घरजग्गा कारोबार व्याक्तिमार्फत गर्न नपाउने व्यवस्था गरेको हो। 

images

यस्तै एउटै व्यक्तिले घर वा अपार्टमेन्ट एकभन्दा बढी घर खरिद गरेमा सतप्रतिशत थप रजिट्रेशन दस्तुर लाग्ने भएको छ।


प्रकाशित : आइतबार, जेठ १५ २०७९१५:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend