आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

सूचना प्रविधिको काम गर्नेले विदेशबाट गरेको आम्दानीमा १ प्रतिशत मात्र कर 

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १५ २०७९
सूचना प्रविधिको काम गर्नेले विदेशबाट गरेको आम्दानीमा १ प्रतिशत मात्र कर 

आर्थिक विधेयकबाट सरकारले यस्तो काम गर्नेलाई प्रोत्साहन गर्ने नीति लिएको छ। 

काठमाडौं- नेपालमै बसेर विदेशी कम्पनीका लागि सेवामुलक काम गर्नेहरुले आयकरमा सहुलियत पाउने भएका छन्। 

आर्थिक विधेयकबाट सरकारले यस्तो काम गर्नेलाई प्रोत्साहन गर्ने नीति लिएको छ। 

नेपालमा बसेर बिजनेस प्रोसेसिङ, आउटसोर्सिङ, सफ्टवेयर प्रोग्रामिङ जस्ता काम गरेर विदेशी मुद्रा आर्जन गरेमा त्यस्तो छुट पाउनेछन्। 

यस्तो छुट विदेशी मुद्राको आम्दानीमा मात्र हुने छ। यस्तो आम्दानीमा जम्मा १ प्रतिशत मात्र आयकर लाग्ने छ। 

प्रकाशित : आइतबार, जेठ १५ २०७९१४:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend