काठमाडौं- ज्वाइन्ट भेन्चर कम्पनीले २०७८ चैतसम्मको कर भुक्तानी २०७९ पुस मसान्तसम्म गरेमा मूल्य अभिवृद्धि कर ऐनअनुसार छुट दिइने भएको छ।
कर नतिर्नेहरुलाई लाग्ने जरिवाना, थप दस्तुर र बाँकी ब्याज मिनाह हुने व्यवस्था आर्थिक ऐन २०७९ मा गरिएको छ।
२०७८ चैत मसान्तसम्म बुझाउनु पर्ने मूल्यअभिवृद्धि करको विवरण बुझाइ कर दाखिला गर्न मात्रै बाँकी रहेका हकमा बक्यौता कर र ब्याजमा ५० प्रतिशत छुट हुने व्यवस्थासमेत गरिएको छ।