काठमाडौं- नेपालमा क्यासिनो सञ्चालन गर्नेका लागि रोयल्टी बढेको छ।
सरकारले आर्थिक विधेयकबाट क्यासिनो र मेसिन तथा उपकरणको माध्यमबाट खेलाइने क्यासिनोको रोयल्टी बढेको हो।
क्यासिनो सञ्चालको रोयल्टी ४ करोडबाट ५ करोड रुपैयाँ भएको छ भने मेसिनबाट सञ्चालन गर्नेका लागि १ करोडबाट १ करोड ५० लाख रुपैयाँ पुगेको छ।
क्यासिनो सञ्चालकले रोयल्टी रकम अब आयकरको व्यवस्थाअनुसार नै तिर्नुपर्ने छ। पुस मसान्तभित्र ४० प्रतिशत, चैतभित्र ७० र असारभित्र सबै रकम बुझाउनुपर्ने छ।