आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

कुन मन्त्रालयको बजेट कति?

आइतबार, जेठ १५ २०७९
कुन मन्त्रालयको बजेट कति?

जनार्दन शर्माले  ७ खर्ब ५३ अर्ब ४० करोड अर्थात् ४२ प्रतिशत चालु र ३ खर्ब ८० अर्ब ८० करोड अर्थात् २१ प्रतिशत  पुँजीगत खर्चको विनियोजन गरेका छन्।

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०७९र०८० को लागि कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ। दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गरेका हुन्।

अर्थमन्त्री जनार्दन शर्माले  ७ खर्ब ५३ अर्ब ४० करोड अर्थात् ४२ प्रतिशत चालु र ३ खर्ब ८० अर्ब ८० करोड अर्थात् २१ प्रतिशत  पुँजीगत खर्चको विनियोजन गरेका छन्।

२ खर्ब ३० अर्ब २२ करोड १२ करोड वित्तीय व्यवस्थाका लागि विनियोजन गरिएको छ।  खर्च जुटाउनका लागि सरकारले १२ खर्ब ४० अर्ब ११ करोड राजस्वबाट उठाउने, ५५ अर्ब ४६ करोड वैदेशिक अनुदानबाट व्यवस्था गर्ने अनुमान गरेको छ। 

आगामी वर्ष २ खर्ब ४२ अर्ब २६ करोड वैदेशिक ऋण परिचालन गर्ने लक्ष्य लिएको सरकारले २ खर्ब ५६ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ।

मन्त्रालयगत बजेट

- कृषि तथा पशुपंक्षी मन्त्रालय– ५५ अर्ब ९७ करोड

- उद्योग, वाणिज्य  तथा आपूर्ति मन्त्रालय–१० अर्ब ४८ करोड

- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय–२१ अर्ब ६२ करोड

- भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय– ७ अर्ब ४ करोड

- वन तथा वातावरण मन्त्रालय– १३ अर्ब

- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय– ९ अर्ब १३ करोड

- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय– ६९ अर्ब  ३८ अर्ब

- शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय– १ खर्ब २१ अर्ब

- खानेपानी तथा सरसफाइ मन्त्रालय– ३७ अर्ब ३५ करोड

- युवा तथा खेलकुद मन्त्रालय– २ अर्ब ४६ करोड

- महिला, बालबालिक तथा जेष्ठ नागरिक मन्त्रालय–१ अर्ब ७७ करोड

- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय– १ अर्ब ६१ अर्ब

- ऊर्जा मन्त्रालय– ७५ अर्ब १० करोड

- जलस्रोत तथा सिचाँई मन्त्रालय– ३३ अर्ब ५० करोड

- सूचना तथा सञ्चार मन्त्रालय– ८ अर्ब ५९ करोड

- आवास तथा सहकारी मन्त्रालय– ३७ अर्ब ७३ करोड

- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय– ५० अर्ब ६० करोड


प्रकाशित : आइतबार, जेठ १५ २०७९१३:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend