आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

विदेशबाट आयात हुने स्यानिटरी प्याडको भन्सारमा ९० प्रतिशत छुट 

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १५ २०७९
विदेशबाट आयात हुने स्यानिटरी प्याडको भन्सारमा ९० प्रतिशत छुट 

भन्सार बाहेक विदेशबाट ल्याउँदा १३ प्रतिशत भ्याट पनि लाग्दै आएको छ। 

काठमाडौं- स्यानिटरी प्याडमा लाग्दै आएको भन्सार महसुसलमा सरकारले छुट दिएको छ। 

हालसम्म विदेशबाट आयात गर्दा प्याडमा १५ प्रतिशत  भन्सार लाग्दै आएको छ। यसमा ९० प्रतिशत छुट दिने अर्थमन्त्री जनार्दन शर्माले घोषणा गरेका छन्। 

भन्सार बाहेक विदेशबाट ल्याउँदा १३ प्रतिशत भ्याट पनि लाग्दै आएको छ। 

विदेशबाट आएको प्याड महंगो हुने भएको भन्दै युवाहरूले विरोध गरेका थिए। उनीहरुले भन्सार हट्नुपर्ने तथा भ्याट पनि लाग्न नहुने माग राख्दै आएका थिए। 


प्रकाशित : आइतबार, जेठ १५ २०७९१३:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend