मंगलबार, वैशाख ४ गते २०८१    
images
images
images
images

दसैँमा मोटरसाइकल किन्नेका लागि यस्ता छन् अफर

images
images
दसैँमा मोटरसाइकल किन्नेका लागि यस्ता छन् अफर

कोरोनाका कारण भएको लकडाउन र निषेधाज्ञापछि दुईपांग्रे सवारीको माग बढेको व्यवसायीहरुको भनाइ छ। दसैँतिहारमा सवारीसाधनको बिक्री उल्लेख्य रुपमा बढ्ने भएकाले बिक्रेताहरुले विभिन्न अफरहरु ल्याउने गरेका छन्। 

images

काठमाडौं- दुईपांग्रे सवारी अत्यावश्यक भइसकेको छ। कोरोना भाइरसको महामारी फैलिएपछि निजी सवारीको प्रयोग झनै बढेको छ। नेपालमा चारपांग्रे सवारी उच्च करका कारण महगो भएकाले मोटरसाइकल तथा स्कुटरको माग उल्लेख्य रुपमा बढेको छ। 

images
images
images

सार्वजनिक यातायातको उपलब्धता सन्तोषजनक नहुँदा पनि मोटरसाइकल तथा स्कुटरको माग बढेको हो। दुईपांग्रे सवारी प्रयोगकर्ता बढ्नुको अर्को कारण उपत्यकालगायत सहरी क्षेत्रमा हुने ट्राफिक जाम तथा पार्किङको समस्या पनि हो। 

images

नेपाली बजारमा दुई दर्जनभन्दा बढी ब्रान्डका मोटरसाइकल तथा स्कुटर बिक्री हुँदै आएको छ। हिरो, यामाहा, होण्डा, बजाज, टीभीएस, सुजुकीलगायत ब्रान्डका मोटरसाइकल तथा स्कुटर भने धेरैको रोजाइमा पर्ने गरेको छ। 

images

कोरोनाका कारण भएको लकडाउन र निषेधाज्ञापछि दुईपांग्रे सवारीको माग बढेको व्यवसायीहरुको भनाइ छ। दसैँतिहारमा सवारीसाधनको बिक्री उल्लेख्य रुपमा बढ्ने भएकाले बिक्रेताहरुले विभिन्न अफरहरु ल्याउने गरेका छन्। 

images
images

कम्पनीहरुले यो वर्षको दसैँतिहारको अवसरमा विभिन्न प्रकारका छुट तथा उपहार योजना सार्वजनिक गरिरहेका छन्। दसैँ सुरु हुनु एक महिनाअघि देखि नै सवारी बिक्रेताहरुले अफर सार्वजनिक गर्छन्। 

हिरोः  हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङ प्रालिले ‘दसैँको बेला हिरोको मेला’ योजना सार्वजनिक गरेको छ। 

यो योजनाअनुसार ग्राहकले मोटरसाइकल तथा स्कुटर खरिदमा ६ हजार पक्का छुट, स्क्र्याच कार्डमार्फत १ लाखसम्म  र बम्पर लक्की ड्रमार्फत एक जनाले १ लाख नगद पाउने कम्पनीले जनाएको छ। 

त्यसैगरी, कम्पनीले हिरोका मोटरसाइकल तथा स्कुटरमा शून्य प्रतिशत ब्याजदरमा ५० प्रतिशत ऋण सुविधा उपलब्ध गराएको छ। 

यामाहाः यामाहा मोटरसाइकल तथा स्कुटरहरूको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले दसैँतिहारलाई लक्षित गरि ‘रेस फर द एस अफर’ योजना ल्याएको छ।

यो योजनाअन्तर्गत यामाहा मोटरसाइकल तथा स्कुटर खरिदमा ग्राहकहरूले तत्कालै स्योर सट उपहारमा ८ हजारदेखि १ लाख रुपैयाँसम्मको नगद छुट पाउने छन्। त्यस्तै, लक्की ड्रमा हरेक साता १ जनाले ४ तोला सुनको एक्का जित्न कम्पनीले जनाएको छ।

होण्डाः नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले दसैँतिहार योजनाअन्तर्गत ‘होण्डाको साथ ७’ ल्याएको छ। सात प्रदेशलाई समावेश गरिएको यो योजनामा हरेक प्रदेशबाट होण्डा खरिद गर्ने १ जनालाई १ लाख दिइने कम्पनीले जनाएको छ। 

यसका साथै यस योजनाअन्तर्गत ग्राहकहरूले सात वर्षका लागि स्पेयर पार्टमा ७ प्रतिशत छुट, सात वर्षसम्मका लागि नौवटा बोनस सर्भिस कुपन पाउने छन्। त्यस्तै, ग्राहकले होण्डाका बिग मोटरसाइकलको खरिदमा ४० हजारसम्मको क्यास ब्याक पाउन सक्नेछन्। 

यस योजनामा १ रुपैयाँको डाउन पेमेन्ट, १ रुपैयाँको ईएमआई र १ प्रतिशत ब्याजदरमा होण्डाका मोटरसाइकल खरिद गर्न सकिनेछ। बम्परमा १ जना ग्राहकहरूले १५ लाख रुपैयाँसम्मको नगद पुरस्कार जित्ने मौका प्राप्त गर्ने कम्पनीले जनाएको छ।

बजाजः बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले दसैँतिहारको अवसरमा ‘बजाज खुसीको ३ डोज’ योजना ल्याएको छ। 

यो योजनाअन्तर्गत कुनै पनि बजाज मोटरसाइकल किन्नु पहिले, किन्ने समयमा र किनिसकेपछि नगद पुरस्कार पाउन कम्पनीले जनाएको छ। ग्राहकहरूले मोटरसाइकल किन्नु पहिले १० हजारसम्मको अग्रिम नगद, मोटरसाइकल खरिदको समयमा १ लाखसम्मको नगद र बम्पर अफर अर्थात मोटरसाइकल किनिसकेपछि १० लाखको नगद पुरस्कार जित्न सक्नेछन्। 

टीभीएसः टीभीएसले दसैँतिहारलाई लक्षित गर्दै ‘टीभीएस ६ प्राइजको सरप्राइज’ योजना ल्याएको छ। टीभीएसको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले मोटरसाइकल वा स्कुटरको खरिदमा ६ पटकसम्म उपहार जित्न सक्ने जनाएको छ। 

यस योजनाअन्तर्गत ग्राहकले मोटरसाइकल किन्दै नकिनी पनि टीभीएस नेपाल डटकममा गएर १ लाख रुपैयाँसम्म जित्न सक्नेछन्। मोटरसाइकल तथा स्कुटर खरिद गर्दा १० लाखसम्मको नगद पुरस्कार जित्न सक्ने कम्पनीको भनाइ छ। 

सुजुकीः सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता भीजी सुजुकीले ‘दसैँ आयो, उमंग छायो, क्यास ब्याकका साथै बम्पर पायो’ योजना ल्याएको छ।

यो योजनाअन्तर्गत कुनै पनि सुजुकी ब्राण्डका मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार पक्का नगद फिर्ता पाउने छन्। साथै हरेक दुई सातामा बम्पर पुरस्कारको रुपमा सुजुकी इन्ट्रुडर मोटरसाइकल उापने भीजी सुजुकीले जनाएको छ। 

यसका साथै बजारमा उपलब्ध रोयल इनफिल्ड, भेस्पा\अप्रिलिया, बेनेली, मोटरहेड, बीएमडब्लू, डुकाटीलगायत ब्रान्डका मोटरसाइकल बिक्रेताले समेत विभिन्न योजना ल्याएका छन्।

विद्युतीय मोटरसाइकल तथा स्कुटरमा समेत दसैँ अफर ल्याएका छन्। नेपाली बजारमा दुई दर्जन भन्दा बढी विद्युतीय मोटरसाइकल तथा स्कुटर उपलब्ध छ।

images

प्रकाशित : शुक्रबार, असोज ८ २०७८०१:२५
  • सम्बन्धित विषय:

  • # दसैँ अफर
  • # माेटरसाइकल
  • # माेटरसाइकल अफर


  • प्रतिक्रिया दिनुहोस