आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

नेपालमै कार एसेम्बल गर्ने उद्योगलाई ५ वर्षसम्म ४० प्रतिशत आयकर छुट

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १५ २०७९
नेपालमै कार एसेम्बल गर्ने उद्योगलाई ५ वर्षसम्म ४० प्रतिशत आयकर छुट

काठमाडौं- सरकारले नेपालमै कार उत्पादन गर्न प्रोत्साहन गर्ने नीति लिएको छ। आगामी आर्थिक वर्षको बजेटमा नेपालमै चार पांग्रे सवारी उत्पादन गर्ने उद्योगलाई ५ वर्षसम्म ४० प्रतिशत आय कर छुट दिने व्यवस्था सरकारले गरेको छ। 

आगामी आर्थिक वर्षको बजेटमा अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन्। सवारी उत्पादन गर्ने उद्योगलाई आय कर छुटमात्र नभइ अर्थमन्त्री शर्माले नेपालमै चारपांग्रे गाडी एसेम्बल गर्ने उद्योगलाई कच्चा पदार्थको आयातमा लाग्दै आएको भन्सार तथा अन्तःशुल्क समेत छुट दिने व्यवस्था गरेका छन्। 

आगामी आवको बजेटमा सरकारले नेपालमै उत्पादन गर्न चाहने उद्योगले ल्याउने कच्चा पदार्थमा भन्सारमा ५० प्रतिशत र अन्तःशुल्कमा २५ प्रतिशत छुट दिने व्यवस्था गरिएको छ। यस्तो छुट उद्योग विभागको सिफारिसमा दिइने बजेटमा उल्लेख छ। 


प्रकाशित : आइतबार, जेठ १५ २०७९१३:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend