आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

आगामी आर्थिक वर्षको बजेट १७ खर्ब ९३ अर्ब

आइतबार, जेठ १५ २०७९
आगामी आर्थिक वर्षको बजेट १७ खर्ब ९३ अर्ब

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ। दुबै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गरेका हुन्।

अर्थमन्त्री जनार्दन शर्माले  ७ खर्ब ५३ अर्ब ४० करोड अर्थात् ४२ प्रतिशत चालु र  ३ खर्ब ८० अर्ब ८० करोड अर्थात् २१ प्रतिशत  पुँजीगत खर्चको विनियोजन गरेका छन्।

२ खर्ब ३० अर्ब २२ करोड १२ करोड वित्तीय व्यवस्थाका लागि विनियोजन गरिएको छ। 

खर्च जुटाउनका लागि सरकारले १२ खर्ब ४० अर्ब ११ करोड राजस्वबाट उठाउने, ५५ अर्ब ४६ करोड वैदेशिक अनुदानबाट व्यवस्था गर्ने अनुमान गरेको छ। 

आगामी वर्ष २ खर्ब ४२ अर्ब २६ करोड वैदेशिक ऋण परिचालन गर्ने लक्ष्य लिएको सरकारले २ खर्ब ५६ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ। 


प्रकाशित : आइतबार, जेठ १५ २०७९१२:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend