शुक्रबार, चैत १६ गते २०८०    
images
images

कोरोना कालमै रोजगारीका लागि बाहिरिए १ लाख ६६ हजार युवा

पहिलाे गन्तव्य बन्याे कतार

images
बिजनेस न्युज
images
कोरोना कालमै रोजगारीका लागि बाहिरिए १ लाख ६६ हजार युवा

कोरोना कालमै १ लाख ६६ हजार युवा रोजगारीका लागि विश्वका विभिन्न देशमा पुगेका छन। वैदेशिक रोजगार विभागमा अनुसार आर्थिक वर्ष २०७७/०७८ नेपालबाट वैदेशिक रोजगारीमा जानका लागि १ लाख ६६ हजार ६ सय ९८ जना युवाले अन्तिम श्रम स्वीकृति लिएका छन्।

images
images

काठमाडौं- कोरोना कालमै १ लाख ६६ हजार युवा रोजगारीका लागि विश्वका विभिन्न देशमा पुगेका छन। वैदेशिक रोजगार विभागमा अनुसार आर्थिक वर्ष २०७७/०७८ नेपालबाट वैदेशिक रोजगारीमा जानका लागि १ लाख ६६ हजार ६ सय ९८ जना युवाले अन्तिम श्रम स्वीकृति लिएका छन्।

images
images
images

विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षमा म्यानपारमार्फत नयाँ कामका लागि ६१ हजार ४ सय २८ जना युवा विदेसिएका छन्।

images

यसैगरी सबैभन्दा बढी पहिले नै विदेश गएका र विदामा नेपाल आई पुन सोही देश फर्कने युवाको संख्या बढी छ। विदामा नेपाल आई पुन: विदेश जानका लागि अन्तिम श्रम स्वीकृत लिने युवाको संख्या ९४ हजार ६ सय १७ रहेको छ।

images
images

यसैगरी, व्यक्तिगत भिसामा विदेश जानका लागि अन्तिम श्रम स्वीकृति लिने युवाको संख्या ५ हजार ३ सय १७ रहेको छ। साथै विभिन्न माध्यमबाट विदेश पुगेको ५ हजार ३ सय ३६ युवाले पनि वैधानीकरणका लागि अन्तिम श्रम स्वीकृति लिएका छन्।

सम्रगमा विदेशीका युवामध्ये १ लाख ५५ हजार २ सय ४२ पुरुष र ११ हजार ४ सय ५६ महिला कामदार रहेका छन्।

बढी कामदार जाने पाँच देश
आर्थिक वर्ष २०७७/०७८ मा नेपालबाट वैदेशिक रोजगारीका लागि सबैभन्दा बढी युवा कतार पुगेका छन्। विभाग अनुसार रोजगारीका लागि कतार पुग्ने कामदारको संख्या ५४ हजार ९ सय १५ जना रहेको छ।

यसैगरी दोस्रो बढी कामदार जाने देश साउदी अरब रहेको छ। ४६ हजार ९ सय ६० जना युवा रोजगारीका लागि साउदी अरब पुगेका छन्। तेस्रो बढी कामदार जाने देश युएई रहेका छ।

विभाग अनुसार युएईको रोजगारीमा जान भन्दै ४० हजार ४ सय ७७ युवाले अन्तिम श्रम स्वीकृत लिएका छन्। यसैगरी बहराइन जानका लागि ४ हजार ९ सय ४० र ओमनका लागि ३ हजार १ सय ३३ युवाले श्रम स्वीकृत लिएका विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।

images

प्रकाशित : आइतबार, साउन २४ २०७८०६:३४
प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ