आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

सरकारलाई खर्च गर्ने बाटो खुल्यो

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असोज ७ २०७८
सरकारलाई खर्च गर्ने बाटो खुल्यो

सरकारकाे खर्च गर्ने बाटो खुले‍को छ। राष्ट्रपतिबाट विनियोजन विधेयक प्रमाणीकरण भएसँगै गएको आठ दिनदेखि बन्द भएको सरकारको खर्चको बाटो खुलेको हो। 

काठमाडौं- सरकारकाे खर्च गर्ने बाटो खुले‍को छ। राष्ट्रपतिबाट विनियोजन विधेयक प्रमाणीकरण भएसँगै गएको आठ दिनदेखि बन्द भएको सरकारको खर्चको बाटो खुलेको हो। भदाै ३१ गतेदेखि सरकारले गर्न पाउने खर्चमा प्रतिबन्ध लागेकाे थियाे।

संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको 'विनियोजन विधेयक, २०७८' नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयले जनाएको छ। 

बिहीबार नै राष्ट्रियसभा र प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक-२०७८’ बहुमतले पारित भएको थियो। 

bidhayak pramanikaran.jpg


 


प्रकाशित : बिहीबार , असोज ७ २०७८१३:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend