आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

उपत्यकामा ३ फ्लाइओभर र २ अन्डरपास निर्माण गरिने, शहरी मन्त्रालयलाई ३७ अर्ब ७३ करोड बजेट

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १५ २०७९
उपत्यकामा ३ फ्लाइओभर र २ अन्डरपास निर्माण गरिने, शहरी मन्त्रालयलाई ३७ अर्ब ७३ करोड बजेट

काठमाडौं- शहरी विकास मन्त्रालयका लागि ३७ अर्ब ७३ करोड रुपैयाँ विनियोजन गरिएको छ।

आगामी आर्थिक वर्षका लागि छुट्याइएको उक्त बजेट व्यवस्थित शहर निर्माणमा जोड दिने घोषणा अर्थमन्त्री जनार्दन शर्माले गरेका छन्। उपत्यकाका पुराना वस्ती व्यवस्थित गर्न हाउस पुलिङको नीति लिइने समेत घोषणा गरिएको छ।

नयाँ शहर विकासको आधार भन्ने नारा सहित मध्यपहाडी लोकमार्गमा पर्ने १० शहरका लागि १० अर्ब विनियोजन गरिएको छ। साथै टुकुचादेखि बुढानीलकण्ठसम्मको नदी सरसफाइ गरिने भएको छ। साथै काठमाडौं उपत्यकामा ३ फ्लाइ ओभर र २ वटा अन्डरपास समेत निर्माण गरिने घोषणा सरकारले गरेको छ। 


प्रकाशित : आइतबार, जेठ १५ २०७९१२:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend