सोमबार, असार १६ गते २०८२    
सोमबार, असार १६ २०८२
images
images

६५५ स्थानीय तहमा अस्पताल निर्माणका लागि १० अर्ब

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १५ २०७९
images
images
६५५ स्थानीय तहमा अस्पताल निर्माणका लागि १० अर्ब
images
images

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ६५५ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने भएको छ।

images
images

अर्थमन्त्री जनार्दन शर्माले आज सङ्घीय संसद्मा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि १० अर्ब बजेट विनियोजन गरिएको जानकारी दिए। सरकारले यसपटक स्वास्थ्य क्षेत्रमा ६९ अर्ब ३८ करोड बजेट विनियोजन गरेको छ।

images
images

दिगो विकास लक्ष्य प्राप्त गर्नका लागि नेपाल स्वास्थ्य क्षेत्र रणनीति २०७९–२०८७ कार्यान्वयन गरिने र पुराना, जीर्ण अवस्थामा रहेका स्वास्थ्य पूर्वाधारलाई नयाँ मापदण्डअनुसार निर्माण गर्नका लागि बजेट व्यवस्था गरिएको उल्लेख छ।

images
images
images

पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर घटाउन सुरक्षित मातृत्व, शिशु स्याहार, पोषण कार्यक्रम, खोप कार्यक्रमलाई थप प्रभावकारी बनाइने बजेटमा उल्लेख गरिएको छ। अर्थमन्त्री शर्माले स्वास्थ्य संस्थाबाट प्रसूति सेवा उपलब्ध गराई मातृ मृत्युदर घटाई आमा सुरक्षा कार्यक्रमको रकम वृद्धि गरिएको उल्लेख गरे।


प्रकाशित : आइतबार, जेठ १५ २०७९१२:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend