आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

चक्रपथ बाहिर मेलम्चीको पानी पुर्‍याउन पाइपलाइन बनाउन १ अर्ब ९२ करोड

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १५ २०७९
चक्रपथ बाहिर मेलम्चीको पानी पुर्‍याउन पाइपलाइन बनाउन १ अर्ब ९२ करोड

अहिले मेलम्ची खानेपानी रिङरोड भित्र  वितरण  भइरहेको छ।

काठमाडौं- सरकारले मेलम्ची खानेपानी चक्रपथ बाहिर वितरणका लागि पाइपलाइ विस्तार गर्न १ अर्ब ९२ करोड  रुपैयाँ बजेट विनियोजन गरेको छ। 

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै दोस्रो चरणमा चक्रपथ बाहिर मेलम्चीको पानी वितरण गर्ने योजना रहेको बताए। अहिले मेलम्ची खानेपानी रिङरोड भित्र  वितरण  भइरहेको छ।

हाल दैनिक १७ करोड लिटर पानी वितण भइरहेको छ। बाढीले क्षति पुर्याएको र अझै जोखिम छ। सोही कारण मेलम्ची जलाधारको भौगोलिक अध्ययनको आधारमा भरपर्दो व्यवस्था मिलाइने उनको भनाइ छ।

याङग्री र लार्के खोलाको पानी ल्याउने बजेटमा उल्लेख छ। त्यसै गरी मेलम्ची खानेपानी समिति र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समित खारेज भएको छ। ती निकायबाट हुदै आएको काम खानेपानी तथा ढल निकास विभागले गर्नेछ।


प्रकाशित : आइतबार, जेठ १५ २०७९१२:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend