काठमाडौं- शिक्षा क्षेत्रमा बजेट विनियोजन वृद्धि भएको छ।
अर्थमन्त्री जनार्दन शर्माले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि चालु वर्षको तुलनामा आगामी वर्षको बजेटमा बढाएर विनियोजन गरेका छन्।
आगामी वर्षका लागि मन्त्री शर्माले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि १ खर्ब ९६ अर्ब बजेट विनियोजन गरेका छन्।
चालु वर्षका लागि यो मन्त्रालयका लागि १ खर्ब ८० अर्ब बजेट विनियोजन भएको छ।