आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

मेलम्ची खानेपानी विकास समिति खारेज

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १५ २०७९
मेलम्ची खानेपानी विकास समिति खारेज

काठमाडौं- सरकारले मेलम्ची खानेपानी विकास समिति र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति खारेज गरेको छ।

सरकारले आगामी आर्थिक वर्षको बजेटबाट चक्रपथ बाहिर पनि मेलम्चीको खानेपानी वितरणका लागि पाइप बिछ्याउन थाल्ने घोषणासमेत गरेको छ।

अब मेलम्ची खानेपानी आयोजनाको काम खानेपानी तथा ढल निकास विभागले गर्नुपर्ने छ। अहिलेसम्म मेलम्ची खानेपानी विकास समितिले नै मेलम्ची खानेपानी आयोजना निर्माणको काम गरिरहेको थियो।

सरकारले यसका लागि १ अर्ब ९२ करोड बजेट छुट्याएको छ। मेलम्ची खानेपानी आयोजनाबाट भरपर्दो पानी पथान्तरण गर्ने, याङ्ग्री र लार्के खोलाको पानी ल्याउन काम सुरु गर्ने घोषणा बजेटमार्फत भएको छ। 


प्रकाशित : आइतबार, जेठ १५ २०७९११:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend