आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

दसैँमा घर जाँदै हुनुहुन्छ, कुन गन्तव्यको भाडा कति

बिहीबार , असोज ७ २०७८
दसैँमा घर जाँदै हुनुहुन्छ, कुन गन्तव्यको भाडा कति

सरकारले गएको असारमा सार्वजनिक सवारीको भाडा समायोजन गरेको थियो। लामो समयपछि भाडा समायोजन गरिएकाले सार्वजनिक यात्रुबाहक सवारीको भाडा २८ प्रतिशतले बढाइएको थियो। 

काठमाडौं- सरकारले दसैँका लागि सार्वजनिक यातायातको टिकट अग्रिम बुकिङ असोज ११ देखि खुला गर्ने निर्णय गरेको छ। बिहीबार सरोकारवालासँगको छलफलपछि बुकिङ खोल्ने निर्णय भएको हो। 

यसअघि दसैँ आउनु १५ दिन अघि टिकटको अग्रिम बुकिङ खोल्दै आएको थियो। तर गत वर्ष कोरोना भाइरसका कारण अग्रिम बुकिङ खुलेको थिएन। 

सरकारले गएको असारमा सार्वजनिक सवारीको भाडा समायोजन गरेको थियो। लामो समयपछि भाडा समायोजन गरिएकाले सार्वजनिक यात्रुबाहक सवारीको भाडा २८ प्रतिशतले बढाइएको थियो। 

यातायात व्यवस्था विभागले २०६५ मा बनाएको वैज्ञानिक भाडा समायोजनको मापदण्ड अनुसार भाडा समायोजन गर्दै आएको छ। मुख्य गन्तव्यको भाडा समायोजन भएपनि अन्तर प्रदेशको भाडा समायोजन हुन सकेको छैन।

यातायात व्यवसायीहरुले प्रदेश भित्र चल्ने सवारीको समेत भाडा समायोजन गर्न माग गर्दै आएका छन्। उनीहरुले बुकिङ खुलाउने विषयमा छलफल हुँदा समेत प्रदेश स्तरियभाडा समायोजन हुनुपर्ने माग राखेका थिए। 

उक्त भाडा दर अनुसार काठमाडौंबाट अत्तरिया हुँदै बाजुराको मार्तडीसम्मको ९ सय ४४ किलोमिटरको भाडा २५ सय ८२ रुपैयाँ रहेको छ।

यस्तो छ भाडा दर  


प्रकाशित : बिहीबार , असोज ७ २०७८११:५१
  • सम्बन्धित विषय:

  • # सार्वजनिक यातायात
  • # सवारी भाडा
  • # भाडा समायाेजन


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend