आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य, सगरमाथा क्षेत्रसम्म पुग्न द्रुतमार्गको अध्ययन गरिने

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १५ २०७९
आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य, सगरमाथा क्षेत्रसम्म पुग्न द्रुतमार्गको अध्ययन गरिने

काठमाडौं- सरकारले आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने गरी प्रर्वद्धन कार्यक्रम गर्ने घोषणा सरकारले गरेको छ। सरकारले कोभिड १९ महामारीबाट प्रभावितलाई राहत दिने तथा पर्यटन क्षेत्रको विकासमा जोड दिने समेत अर्थमन्त्री जनार्दन शर्माले घोषणा गरेका छन्। 

पदर्मागमा सञ्चार पहुँचको विकास तथा ग्रेट हिमालयन ट्रेलको विकासका लागि ३३ करोड रुपैयाँ बजेट विनियोजना गरिएको छ। साथै भूकम्पले भत्किएका संचरचनाको निर्माणसम्पन्न गर्नका लागि २ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ।

चतरा सगरमाथा द्रुतमार्ग निर्माण गर्ने प्रक्रिया सुरु गरिने भएको छ। जसमा मार्गको निर्माण गर्दै २ घण्टामै पर्यटकलाई सगरमाथाको बेसक्याम्पसम्म पुग्नेगरी द्रुतमार्ग निर्माणका लागि अध्ययनको काम समेत गरिने घोषणा बजेट मार्फत गरिएको हो। 


प्रकाशित : आइतबार, जेठ १५ २०७९११:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend