आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

असोज ११ देखि अग्रिम टिकट बुकिङ खुल्ने

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असोज ७ २०७८
असोज ११ देखि अग्रिम टिकट बुकिङ खुल्ने
फाइल तस्बिर

यातायात व्यवस्था विभागले बिहीवार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो ।

काठमाडौं- दसैँका लागि असोज ११ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ। यातायात व्यवस्था विभाग, यातायात व्यवसायी तथा सरोकारवालाहरुबीच बिहीबार भएको छलफलपछि असोज ११ देखि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय भएको छ। 

यसका लागि यातायात व्यवसायीहरुले भाडा समायोजन हुन बाँकी प्रदेश सरकारले भाडा समायोजन गर्नुपर्ने र सडकका खाल्डाखुल्डी पुर्नुपर्ने सर्त राखेका छन्। त्यसका लागि व्यवसायीहरुले बिहीबार नै यसबारे गृहमन्त्रीलाई भेटेर जानकारी गराएका छन्। 

यातायात व्यवस्था विभागले बिहीवार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो ।

यसअघि वर्षाका कारण सडकमा धेरै क्षति पुगेको र सवारी साधन सञ्चालन गर्न समस्या रहेको बताउँदै यातायात व्यवसायीले सडक मर्मत गरेर मात्र दशैँको अग्रिम टिकट खोल्नुपर्ने बताउदै आएका थिए । 

महासंघका महासचिब सिटौलाले नागरिक साहायत कक्षहरु राजधानीका बसपार्क लगायतका सातै प्रदेश र सबै जिल्लामा राख्न छलफल भएको जानकारी दिए। उनले अनलाइन प्रविधिमाफत् बुकिङ गर्न चाहनेले सहजै बुकिङ गर्ने व्यवस्थाको सुरुवात गरेका यातायात कम्पनीहरुबाट सहजै बुकिङ गर्न सकिने बताए। 

अघिल्लो वर्ष कोरोना भाइरसको महामारीका कारण अग्रिम बुकिङ खुल्ला गरिएको थिएन। 


प्रकाशित : बिहीबार , असोज ७ २०७८११:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend