आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

वर्षको पहिलो महिना- रेमिट्यान्स घट्यो, ६४ अर्बले बढ्यो आयात 

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असोज ७ २०७८
वर्षको पहिलो महिना- रेमिट्यान्स घट्यो, ६४ अर्बले बढ्यो आयात 

नेपाल राष्ट्र बैंकका अनुसार साउनमा अघिल्लो वर्षको तुलनामा १८ प्रतिशतले घटेको हो। बैंकका अनुसार यो वर्षको साउनमा ७५ अर्ब रेमिट्यान्स नेपाल भित्रिएको छ। अघिल्लो वर्षको साउनमा ९२ अर्ब भित्रिएको थियो। 

काठमाडौं- आर्थिक  वर्षको पहिला महिनामा रेमिट्यान्स घटेको छ। 

नेपाल राष्ट्र बैंकका अनुसार साउनमा अघिल्लो वर्षको तुलनामा १८ प्रतिशतले घटेको हो। बैंकका अनुसार यो वर्षको साउनमा ७५ अर्ब रेमिट्यान्स नेपाल भित्रिएको छ। अघिल्लो वर्षको साउनमा ९२ अर्ब भित्रिएको थियो। 

पहिलो महिनाको विवरण सार्वजनिक गर्दै केन्द्रीय बैंकले यो अवधिमा आयात पनि उच्च वृद्धि भएको जानकारी दिएको छ। पहिलो महीनामा खर्ब ५० अर्बको आयात भएको छ। यो अघिल्लो वर्षको तुलनामा ६४ अर्बले बढी हो। गत वर्ष कोरोना महामारीका कारण लकडाउन जारी हुँदा आन्तरिक मागमै न्यूनीकरण आएकाले आयात घटेको र यो वर्ष बजार सामान्य हुँदा आयात बढेको छ। पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाबिन तेल, एम.एस. बिलेट, सुन लगायतका वस्तुको आयात बढेको छ। यो वर्ष तयारी पोशाक लगायतका वस्तुको आयात भने घटेको छ। 

आयातको वृद्धिदर उच्च, रेमिट्यान्स आप्रवाह घट्दा त्यसको चाप चालु खाता तथा   शोधनान्तरमा परेको छ। साउनसम्म चालु खाता ४७ अर्ब ९० करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष चालु खाता २४ अर्ब ८९ करोडले बचतमा रहेको थियो । 

साउनमा नेपाल भित्रिनेभन्दा बाहिरिने मुद्राको अन्तर फराकिलो बनेको छ। साउनमा मुलुकको शोधनान्तर ३८ अर्ब ७५ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति  ५१ अर्ब ४६ करोडले बचतमा थियो ।

साउनमा वार्षिक बिन्दुका आधारमा ४. ३५ प्रतिशतको मुद्रास्फ्रिति रहेको केन्द्रीय बैंकले बताएको छ। 


प्रकाशित : बिहीबार , असोज ७ २०७८०९:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend