शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

पेप्सीदेखि सुमार्गीसम्मले कर नतिरेको भन्दै महानगरले निकाल्यो सूचना 

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, साउन २४ २०७८
पेप्सीदेखि सुमार्गीसम्मले कर नतिरेको भन्दै महानगरले निकाल्यो सूचना 

महानगरपालिकाले करको विवरण नबुझाएको तथा भुक्तानी पनि नगरेको भन्दै तत्काल सम्पर्कमा आउन निर्देशन दिएको छ। बहुराष्ट्रिय कम्पनी,चलचित्र हल,अस्पताल तथा चर्चि व्यवसायीहरुलाई महानगरले नाम तोकेरै कर तिर्न निर्देशन दिइएको छ। 

काठमाडौं- सम्पत्ति तथा व्यवसाय कर नतिरेको भन्दै काठमाडौं महानगरपालिकाले बहुराष्ट्रिय कम्पनीदेखि ठूला व्यवसायीको नाममा सार्वजनिक सूचना जारी गरेको छ। 

महानगरपालिकाले करको विवरण नबुझाएको तथा भुक्तानी पनि नगरेको भन्दै तत्काल सम्पर्कमा आउन निर्देशन दिएको छ। बहुराष्ट्रिय कम्पनी, चलचित्र हल, अस्पताल तथा चर्चित व्यवसायीहरूलाई महानगरले नाम तोकेरै कर तिर्न निर्देशन दिइएको हो। 

महानगरपालिकाले नेपालमा पेप्सी उत्पादन गर्ने बरुण वेभरेज, व्यवसायी अजयराज सुमार्गी, जय नेपाल चलचित्र हल, जनमैत्री अस्पताल, होटल ले हिमालय, सिटी होटल, इम्पेरियल अपार्टमेन्टका नाममा सूचना जारी गरेको छ।

महानगरले सरकारी तथा गैरसरकारी संस्थाहरूलाई पनि कर नतिरेको भन्दै सचेत गराएको छ। खाद्य संस्थान, राष्ट्रिय नाचघर, साझा भण्डार, कर्मचारी संचयकोष भवन, काठमाडौं जेसिस, नेपाल स्काउट, चेम्बर भवन, नेपाल रेडक्रस सोसाइटी, नेशनल ट्रेडिङलाई महानगरले ३० दिनभित्र कर तिर्न निर्देशन दिएको हो। 


प्रकाशित : आइतबार, साउन २४ २०७८०६:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend