बिहीबार , असोज ३ गते २०८१    
images
images

पेप्सीदेखि सुमार्गीसम्मले कर नतिरेको भन्दै महानगरले निकाल्यो सूचना 

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, साउन २४ २०७८
images
images
पेप्सीदेखि सुमार्गीसम्मले कर नतिरेको भन्दै महानगरले निकाल्यो सूचना 

महानगरपालिकाले करको विवरण नबुझाएको तथा भुक्तानी पनि नगरेको भन्दै तत्काल सम्पर्कमा आउन निर्देशन दिएको छ। बहुराष्ट्रिय कम्पनी,चलचित्र हल,अस्पताल तथा चर्चि व्यवसायीहरुलाई महानगरले नाम तोकेरै कर तिर्न निर्देशन दिइएको छ। 

images
images

काठमाडौं- सम्पत्ति तथा व्यवसाय कर नतिरेको भन्दै काठमाडौं महानगरपालिकाले बहुराष्ट्रिय कम्पनीदेखि ठूला व्यवसायीको नाममा सार्वजनिक सूचना जारी गरेको छ। 

images
images
images

महानगरपालिकाले करको विवरण नबुझाएको तथा भुक्तानी पनि नगरेको भन्दै तत्काल सम्पर्कमा आउन निर्देशन दिएको छ। बहुराष्ट्रिय कम्पनी, चलचित्र हल, अस्पताल तथा चर्चित व्यवसायीहरूलाई महानगरले नाम तोकेरै कर तिर्न निर्देशन दिइएको हो। 

महानगरपालिकाले नेपालमा पेप्सी उत्पादन गर्ने बरुण वेभरेज, व्यवसायी अजयराज सुमार्गी, जय नेपाल चलचित्र हल, जनमैत्री अस्पताल, होटल ले हिमालय, सिटी होटल, इम्पेरियल अपार्टमेन्टका नाममा सूचना जारी गरेको छ।

महानगरले सरकारी तथा गैरसरकारी संस्थाहरूलाई पनि कर नतिरेको भन्दै सचेत गराएको छ। खाद्य संस्थान, राष्ट्रिय नाचघर, साझा भण्डार, कर्मचारी संचयकोष भवन, काठमाडौं जेसिस, नेपाल स्काउट, चेम्बर भवन, नेपाल रेडक्रस सोसाइटी, नेशनल ट्रेडिङलाई महानगरले ३० दिनभित्र कर तिर्न निर्देशन दिएको हो। 

images


प्रकाशित : आइतबार, साउन २४ २०७८०६:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend