शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

सुक्खा पहिराले नारायणगढ-मुग्लिन सडक अवरुद्ध

शनिबार, जेठ १४ २०७९
सुक्खा पहिराले नारायणगढ-मुग्लिन सडक अवरुद्ध

जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरामा परी एक जना घाइते भएका छन्।

चितवन- नारायणगढ-मुग्लिन सडकखण्ड पहिराले अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका-६ नाम्दीखोला नजिकै आज साँझ ५ः३० बजेको समयमा सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरामा परी एक जना घाइते भएका छन्। बोलेरोमा सवार एक व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि भरतपुरतर्फ ल्याइएको छ। पहिरो पन्छाउने काम सुरु भएको र केही समयपछि सडक नियमित गर्ने प्रहरीको भनाइ छ।

उक्त पहिराले मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ग१ख ९९०९ नंको माइक्रोबस र सोही दिशाबाट आउँदै गरेको प्र३–०१–०२३च–०५३५ नंको कारमा क्षति पुगेको छ। घटनामा परी माइक्रोका चालक नवलपुर कावासोती-७ बस्ने ३६ वर्षीय टीकाराम महतोलाई ढुङ्गाले हातमा लागि सामान्य चोट लागेको प्रहरीले जनाएको छ। अन्य यात्रु सकुशल रहेको र दुवै सवारीमा क्षति पुगेको छ। रासस


प्रकाशित : शनिबार, जेठ १४ २०७९१३:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend