आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

नागढुंगा-नौबीसे सुरुङमार्गको काम अघि बढ्यो, डेढ किलोमिटर खनियो सुरुङ

बिहीबार , असोज ७ २०७८
नागढुंगा-नौबीसे सुरुङमार्गको काम अघि बढ्यो, डेढ किलोमिटर खनियो सुरुङ

नागढुंगा-नौबीसे सुरुङमार्ग १ हजार ५ सय ५२ मिटर खनिएको छ। बुधबार सार्वजनिक गरिएको प्रगति विवरणअनुसार लक्ष्यको २८.२२ प्रतिशत काम भएको हो।

काठमाडौं- नागढुंगा-नौबीसे सुरुङमार्ग १ हजार ५ सय ५२ मिटर खनिएको छ। बुधबार सार्वजनिक गरिएको प्रगति विवरणअनुसार लक्ष्यको २८.२२ प्रतिशत काम भएको हो।

सुरुङ निर्माणको काम गत पुस महिनाबाट गरिएको थियो। २०७६ कात्तिक ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरे पनि १४ महिनापछि सुरुङ निर्माणको काम सुरु गरिएको थियो।

‘अहिले काम धमाधम भइरहेको छ, समयमै काम सम्पन्न गर्ने लक्ष्य राखेका छौँ,’ आयोजना प्रमुख नरेशमान शाक्यले भने। ५ हजार ४ सय ९९ मिटर सुरुङ खन्नुपर्ने हुन्छ। आयोजनामा सडकको लागि मात्रै भन्दा पनि अन्य सुरुङ पनि हुने भएकोले धेरै भएको आयोजना प्रमुख शाक्यले बताए। 

यस सुरुङमार्गका लागि अर्थ मन्त्रालयले समेत स्रोत सुनिश्चित गरिसकेको छ। तर, अन्य राजमार्गहरूमा बनाउने भनिएका सुरुङमार्गका आयोजना भने सामान्य अध्ययन तथा सम्भाव्यता अध्ययनमै सीमित रहेका छन्। कुल ५ दशमलव ७ किलोमिटरको एप्रोच मार्गसहितको सडकमा सुरुङमार्ग भने २ दशमलव ६८ किमी हुनेछ।  

‘यसअनुसार आयोजना स्थलमा कार्यरत श्रमिक तथा कर्मचारीलाई विभिन्न सिफ्टमा विभाजन गरेर २४ घण्टा नै काम गर्ने वातावरण बनाउँदै छौँ,’ शाक्यले भने।  २२ अर्ब लागत अनुमान गरिएको आयोजना त्रिभुवन राजमार्गको काठमाडौंस्थित बलम्बुबाट सुरू भई आकाशटोल, त्रिवेणीघाट, दहचोक, टुटीपाखा हुँदै सोही राजमार्गको धादिङ जिल्लास्थित सिस्नेखोलामा जोडिनेछ। नेपाल सरकार र जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) बीच यो सुरुङमार्ग बनाउने विषयमा सन् २०१६ मा सम्झौता भएको थियो।   

सुरुङमार्गमा ७ वटा पुल, ११ वटा बक्स कल्भर्ट, दुवैतर्फ सडक दस्तुर संकलन गर्न टोल संरचना, सुरुङमार्गको सम्पूर्ण अवस्थाको अनुगमन गर्न नियन्त्रण कक्ष, छुट्टै विद्युत् लाइन र  २ वटा फ्लाइओभर ब्रिज बन्नेछन्। 

tunel 1 .png


प्रकाशित : बिहीबार , असोज ७ २०७८०९:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend