शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

निजगढ विमानस्थलबारे सर्वोच्चको फैसलाविरुद्ध प्रदर्शन 

सांसदहरूको पनि आपत्ति

शनिबार, जेठ १४ २०७९
निजगढ विमानस्थलबारे सर्वोच्चको फैसलाविरुद्ध प्रदर्शन 

निजगढ विकास पक्षधर समूह नामको नागरिक समूहले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेको हो। 

काठमाडौं- निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतले दिएको परमादेशविरुद्ध नागरिकहरुले विरोध प्रदर्शन गरेका छन्। 

निजगढ विकास पक्षधर समूह नामको नागरिक समूहले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेको हो। 

कार्यकालिकामाथिको हस्तक्षेप, वातावरणसँगै विकास पनि अधिकार भएको सन्देश दिने प्लेकार्ड बोकेर उनीहरुले विरोध प्रदर्शन गरेका छन्।

अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सरकारका नाममा परमादेश जारी गरिसकेको छ। विमानस्थल आवश्यक भए निजगढको बिकल्प खोज्न पनि अदातलले आदेश दिएको थियो। 

अदालतको यो आदेशविरुद्ध सांसदहरुलेसमे आवाज उठाएका छन्। प्रतिनिधिसभाको वैठकमा सांसदहरुले आदेश विरुद्ध बोलेका छन्। 

 

 


प्रकाशित : शनिबार, जेठ १४ २०७९०८:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend