शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

सेक्युरिटी प्रेस अनियमितताका योजनाकार पौडेललाई आदेश संशोधन गरेर पुनर्नियुक्ति

शनिबार, जेठ १४ २०७९
सेक्युरिटी प्रेस अनियमितताका योजनाकार पौडेललाई आदेश संशोधन गरेर पुनर्नियुक्ति

गठन आदेश संशोधन  गरेर पौडेललाई फेरि एक कार्यकालका नियुक्त गरिएको छ। 

काठमाडौं- सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक बिकल पौडेललाई सरकारले पुनर्नियुक्ती गरेको छ। गठन आदेश संशोधन  गरेर पौडेललाई फेरि एक कार्यकालका नियुक्त गरिएको हो। 

सुरक्षण मुद्रण केन्द्र स्थापना तथा सञ्चालनका लागि भन्दै गठन तथा सञ्चालन भइरहेको केन्द्रमा उनको कार्यकाल सकिन लागेपछि सरकारले गठन आदेश संशोधन गरेको थियो। 

सुरक्षण मुद्रण विकास समितिले ल्याएको गठन आदेशमा कार्यकारी निर्देशकको कार्यकाल पाँच वर्षको हुने व्यवस्था थियो। आदेशको दफा ६ को उपदफा ३ मा पाँच वर्षको कार्यकाल हुने व्यवस्था गरिएको थियो। 

सरकारले उपदफा ३ पछि ३ क थप गर्दै थप एक कार्यकालका लागि एक पटकका लागि थप गर्नसक्ने व्यवस्था गरिएको छ। २०७४ सालको असारमा पौडेल केन्द्रको कार्यकारी निर्देशक नियुक्त भएका थिए। त्यतिबेला शेरबहादुर देउवा नै प्रधानमन्त्री थिए। 

पौडेल यसअघि सेक्युरिटी प्रेस खरिद घोटाला कान्डमा जोडिएका व्यक्ति हुन्। तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाको ७० करोड घुस मागेको अडियो सार्वजनिक भएको सो खरिदका मुख्य योजनाकार नै पौडेल हुन्। 

सूचना प्रविधिका ठूला खरिदमा सेटिङ गर्न माहिर पौडेललाई सबै सरकारले उत्तिकै विश्वास गर्दै आएका छन्। देउवा सरकारका पालामा नियुक्त भएका उनलाई केपी ओली नेतृत्वको सरकारले पनि उत्तिकै विश्वास गरेको थियो।


प्रकाशित : शनिबार, जेठ १४ २०७९०८:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend