सोमबार, असोज ७ गते २०८१    
images
images

सरकारी जग्गासमेत बैना गरी ५ करोड २० लाख ठगी गर्ने पक्राउ 

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ १३ २०७९
images
images
सरकारी जग्गासमेत बैना गरी ५ करोड २० लाख ठगी गर्ने पक्राउ 

सरकारी जग्गासमेत बैना गरेर बैना बापत ५ करोड २० लाख रुपैयाँ पीडितबाट ठगी गरेका थिए। 

images
images

काठमाडौं- सरकारी जग्गासमेत बैना गरी ठगी गरेको अभियोगमा दुईजनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

images
images
images

पक्राउ पर्नेहरूमा भक्तपुर चाँगुनारायण नगरपालिका-७ बस्ने ७२ वर्षीय केशवप्रसाद अधिकारी र भक्तपुर नगरपालिका-८ बस्ने ५८ वर्षीय ईश्वर गाइजु रहेका छन्।

प्रहरीका अनुसार केशव प्रसाद अधिकारी समेतले भक्तपुर साविक सुडाल गाविस-४ ‘क’ मा रहेको विभिन्न कित्ता नम्बरहरू अर्कैको नाममा रहेको जग्गा सम्बन्धित जग्गा धनीसँग अनुमति नलिइ अनुमति लिएको छौँ भनी झुक्याउनुका साथै किता नम्बर ३९९ क्षेत्रफल (०-४-०-० ) सरकारी जग्गा रहेको देखिन आएकोले सो जग्गा समेत बिक्री गर्न करारनामा गरी बैना बापत ५ करोड २० लाख रुपैयाँ पीडितबाट ठगी गरेका थिए। 

ठगीको सूचनापछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले ठगीमा संलग्न उनीहरूलाई भक्तपुर नगरपालिका-१० मालपोत गेटबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। उनीहरूलाई आवश्यक कारवाहीको  लागि  जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ । 

images


प्रकाशित : शुक्रबार, जेठ १३ २०७९१३:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend