शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

कैलाली गोदावरी नगरपालिकाका तत्कालीन २ प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

शुक्रबार, जेठ १३ २०७९
कैलाली गोदावरी नगरपालिकाका तत्कालीन २ प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

आयोगले उनीविरुद्ध ४२ लाख ५ सय ३१ रुपैयाँ विगो दाबी गर्दै कैद र जरिवानसमेत माग गर्दै मुद्दा दर्ता गरेको हो।

काठमाडौं-  कैलाली गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज श्रेष्ठसहित ६ जना र एक निर्माण व्यवसायीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ।

आयोगले गोदावरी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विष्टले १३ वटा सडक निर्माणको भुक्तानीमा बदनियत राख्दै रकम भुक्तानी गरेको भन्दै मुद्दा दायर गरेको हो।

आयोगले उनीविरुद्ध ४२ लाख ५ सय ३१ रुपैयाँ विगो दाबी गर्दै कैद र जरिवानसमेत माग गर्दै मुद्दा दर्ता गरेको हो।

यसैगरी अर्का तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देवराज जोशीविरुद्ध ६ लाख ७८ हजार २ सय २० रुपैयाँ, तत्कालीन इन्जिनियर पुर्ण कुँवरले गुणस्तरहीन  निर्माण सामग्री प्रयोग सहयोग गरेको भन्दै ४८ लाख ७८ हजार  ७ सय ५१ रुपैयाँ र तत्कालीन सव इन्जिनिरविरुद्ध २७ लाख ५८ हजार ४ सय ३२ रुपैयाँ विगो, कैद र जरिवाना मागसहित आयोगले  मुद्दा दायर गरेको छ।

यसैगरी आयोगले ल्याव टेक्निसियन धनबहादुर विष्टविरुद्ध ४० लाख १७ हजार ६ सय रुपैयाँ, निर्माण व्यवसायी संतोष शाहीविरुद्ध ३७ लाख ९८ हजार ९ सय ४५ रुपैयाँ विगो, कैद र जरिवान माग गर्दै मुद्दा दायर गरेको छ।


प्रकाशित : शुक्रबार, जेठ १३ २०७९०९:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend