शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

आयल निगम १० महिनामा ४७ अर्ब घाटामा

शुक्रबार, जेठ १३ २०७९
आयल निगम १० महिनामा ४७ अर्ब घाटामा

साथै निगमलाई निजीकरण गर्ने विषयमा कुनै सत्यता नरहेको उनको भनाइ छ।

काठमाडौं- चालु आर्थिक वर्षको १० महिनामा नेपाल आयाल निगमले ४७ अर्ब घाटा व्यहोरेको सरकारले जनाएको छ।

संसदका पेस भएको नीति तथा कार्यक्रम छलफलको क्रममा पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विषयमा प्रश्न उठेको थियो। प्रश्नको जवाफ दिँदै उद्योग, वाणिज्य आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बढुले निगमले ४७ अर्ब घाटा व्यहोरेको बताए। निगमले भारतीय आयाल कर्पोरेशनलाई २२ अर्ब रुपैयाँ बुझाउन बाँकी रहेको उनको भनाइ छ।

गत आर्थिक वर्ष २०७७/०७८ मा १ खर्ब ५८ अर्बको पेट्रोलियम आयात गरेको थियो। तर चालु आर्थिको वर्षको १० महिनामै २ खर्ब ५७ अर्ब रुपैयाँ बराबरको आयात भएको मन्त्री बढुले बताए।

साथै निगमलाई निजीकरण गर्ने विषयमा कुनै सत्यता नरहेको उनको भनाइ छ। इन्धनको व्यापारमा प्रतिस्पर्धी बनाउने विषयमा छलफल भएको उनको भनाइ छ। यसका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा बनेको कार्यदललाई राय बुझाउन भनेको उनको भनाइ छ।

निजी क्षेत्रलाई समेत व्यापारमा सहभागी बनाउने विषयमा समेत राय माग गरिएको उनको भनाइ छ। सहज आपूर्ति र दिगो व्यवस्थापनका लागि सरकार सचेत रहेको समेत उनको भनाइ छ।

 


प्रकाशित : शुक्रबार, जेठ १३ २०७९०५:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend