शुक्रबार, मंसिर ७ गते २०८१    
images
images

बेनी-जोमसोम सडक : कैकुखोला-खन्ती खण्ड कालोपत्र

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ १३ २०७९
images
images
बेनी-जोमसोम सडक : कैकुखोला-खन्ती खण्ड कालोपत्र

एक सय ८६ किलोमिटर दूरीको बेनी-जोमसोम-कोरला सडकअन्तर्गत कैकुखोला-खन्ती खण्डमा पहिलोपटक कालोपत्र भएको हो। 

images
images

मुस्ताङ- उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला सडकको कैकुखोला-खन्ती खण्ड कालोपत्र भएको छ। मुस्ताङको थासाङ गाउँपालिका-५ कैकुखोलाबाट गाउँपालिकाको केन्द्र खन्ती जोड्ने सडक कालोपत्रको काम सकिएको हो। एक सय ८६ किलोमिटर दूरीको बेनी-जोमसोम-कोरला सडकअन्तर्गत कैकुखोला-खन्ती खण्डमा पहिलोपटक कालोपत्र भएको हो। 

images
images
images

बेनी-जोमसोम-कोरला सडक आयोजनाको तेस्रो प्याकेजको ठेकेदार कम्पनी शर्मा-गजुरमुखीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले कैकुखोला-खन्ती खण्डको १६ किलोमिटर ५०० मिटरमध्ये १६ किलोमिटर दूरीमा आक्सपाल्ट प्रविधिको कालोपत्र गरिएको जानकारी दिए। 'तेस्रो प्याकेजको कालोपत्र गर्न अब ५०० मिटर मात्र छ', उहाँले भन्नुभयो, 'शर्मा-गजुरमुखीले नै ठेक्का लिएको दोस्रो प्याकेजको भुरुङ्गतातोपानी-घाँसा खण्डअन्तर्गत पर्ने काभ्रे, घोप्टेभिर खण्डमा विस्फोटक पदार्थको सहायताले सडक विस्तार अन्तिम चरणमा पुगेको छ।'

images

एघार मिटर फराकिलो बनाइएको सडकमा नाली, ग्यावियन पर्खाल निर्माण र ग्राभेलपछि सातदेखि आठ मिटरको चौडाइका दरले कालोपत्र गरिएको हो । उकालो सडकमा ढलान गरिएको छ। भिरको जोखिमयुक्त सडकको डिलतर्फ साइडबार राख्ने काम भइरहेको छ। सडक कालोपत्र भएपछि यात्राअवधि छोटिएको र आवतजावत सहज भएको छ। 

images

करिब डेढ घण्टा लाग्ने गरेकामा हाल ३० मिनेटमा पार गर्न सकिन्छ। सडक कालोपत्र भएपछि एक घण्टा यात्राअवधि छोटिएको छ। मुस्ताङका स्थानीय बासिन्दाका साथै पर्यटक र तिर्थयात्रीलाई सहज भएको छ। बेनी-जोमसोम सडकको पहिलो प्याकेजअन्तर्गत म्याग्दीको राहुघाटबाट बेगखोलासम्मको छ किलोमिटर सडकमा डिबिएसडी प्रविधिको कालोपत्र अन्तिम चरणमा पुगेको छ।गलेश्वरमा एक किलोमिटर र बेगखोलाबाट भुरुङ्ग-तातोपानी खण्डको सडकको अधिकांश ठाउँमा विस्तार सकेर कालोपत्रको तयारी गरिएको छ। 

विसं २०७४ मा सुरु भएको चीनको स्वशासित क्षेत्र कोरला नाका जोड्ने २०० किलोमिटर दूरीको बेनी-जोमसोम-कोरला सडक आयोजनाको १२ वटा खण्डमा निर्माण भइरहेको छ। हालसम्म मुस्ताङको छवटा खण्ड निर्माण सकिएको आयोजनाको भौतिक प्रगति ७० प्रतिशतभन्दा बढी छ। 

एक सय १० किलोमिटर दूरीको जोमसोम-कोरला खण्डको सातमध्ये छवटा खण्डको सडक ग्राभेल गरेर ठेकेदारले हस्तान्तरण गरिसकेका योजना प्रमुख जगत् प्रजापतिले बताए। आठवटा मोटर चल्ने पुल निर्माण सकिएका छन्। थप एकवटा निर्माणको अन्तिम चरण र १२ वटा निर्माणाधीन रहेका छन् । थप पाँच ठाउँमा पुल निर्माणको प्रस्ताव गरिएको आयोजना प्रमुख प्रजापतिले बताए।

सो सडकलाई गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको छ। सडकले पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने मुस्ताङबाट सांसद प्रेमप्रसाद तुलाचनले बताए। रासस


प्रकाशित : शुक्रबार, जेठ १३ २०७९०५:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend